जलेश्वर ः महोत्तरीको मटिहानी नगरपालिका मेयर हरी प्रसाद मण्डलले बालउद्यान निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जनसहयोगी युवा संजालको सहयोग अपिल पत्र बुझ्दैं उनले आफ्नो नगरपालिकाबाट हुने सक्दो सहयोग गर्ने युवाहरुलाई आश्वासन दिएका छन् ।

नेपाल पत्रकार महासंघ जलेश्वर महोत्तरीको सभा कक्षमा मेयर मण्डललाई युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोले संजालको तर्फबाट सहयोग गरिदिन अपिल पत्र बुझाएका थिए ।

महोत्तरीको बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लामा सञ्जालले ५० लाखको लागतमा बाल उद्यान निर्माण गरिरहेको छ ।

जनस्तरबाट निर्माण भइरहेको बालउद्यानमा हालसम्म ४० लाख बढी खर्च भइसकेको संजालका अध्यक्ष परमेश्वर महतोले जनाए । मुठ्ठी दान अभियान चलाएर युवाहरुले  विद्यालयमा बालउद्यान निर्माण गरिरहेका हुन् ।

युवा पत्रकार तथा समाजिक अभियन्ता महतोको निर्देशनामा निर्माण भइरहेको उद्यानको डिजाई इन्जिनियर मनोज महतोले गरेका छन् ।