MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

व्यावसायिक फूलखेतीमा महिला आकर्षित

मधेशटप by मधेशटप
२०७७ मंसिर ३०, मंगलवार ११:३५
0
व्यावसायिक फूलखेतीमा महिला आकर्षित

पाल्पा । पाल्पामा व्यावसायिक फूलखेतीतर्फ महिलाको सहभागिता बढेको छ । सयपत्री फूलको थुँगा र मालाको माग विवाह तथा शुभकार्यमा धेरै खपत हुने भएकाले महिला व्यावसायिक फूलखेतीमा लागेका छन् ।

कोरोना सङ्क्रमणले गर्दा आर्थिक समस्या बढ्दो रहेका बेला पाल्पा तानसेन नगरपालिकास्थित काजीपौवामा महिला सामूहिक फूलखेतीमा जुटेका छन् । पुष्प महिला समूहद्वारा गरिएको व्यावसायिक फूलखेती अहिले सबैलाई लोभ्याउने भएको छ । तानसेन नगरपालिका–४ सिल्खानटोलकी स्थानीय बासिन्दा तथा समूहका अध्यक्ष प्रतीक्षा सिजालीले आफूहरुले पहिलोपटक व्यावसायिक फूलखेती गर्न थालेको बताइन् । उनले निरन्तरको मेहनतले फूलखेतीमा सन्तोषजनक उपलब्धि हासिल गरेकोे बताइन् ।

उनका अनुसार २० हजारको लागतमा चार रोपनी जग्गा भाडा लिई काम थालिएको र झण्डै ५० हजार फूलका बेर्ना बेच्दा फूलका थुँगा तथा मालाबाहेकको आम्दानी भएको छ । उनले अझै पनि फूलका माला बिक्री गर्न नसकिएको बताइन् । आफूलाई यस व्यवसाय राम्रो लागेपछि आगामी वर्षहरुमा समेत विस्तृतरूपमा खेती गर्ने योजनाका साथ काम अघि बढेको उनको भनाइ थियो । विवाह तथा सरकारी, गैरसकारी कार्यालयका सभा, सम्मेलनमा मालाको माग बढ्दो छ । स्थानीय तहमा समेत फूलको मालाको माग बढेको छ तर मागअनुसार मालाको अभाव रहिरहेको उनले बताइन् ।

तानसेन–७ काजीपौवाकी फूल व्यवसायी चमेलीदेवी श्रेष्ठले विवाह, तथा दशैँतिहारबाहेक पास्नी, जन्मदिनको अवसरमा समेत फूलको माग बढ्दो रहेको बताइन् । सयपत्री फूल दैनिक पूजा आराधनामा खपत हुन्छ । पाल्पाको भैरवस्थानको भैरवमन्दिरमा फूलको माग बढेको छ । पाल्पा–बुटबल सडकखण्डको शिद्धबाबा क्षेत्रको शिद्धबाबा मन्दिरमा दैनिक पूजा हुँदा फूलको माग बढिरहेको छ ।

ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) पाल्पा, तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती थालिएको हो । कोरोना सङ्क्रमणले देशको अर्थतन्त्र कमजोर बनेको छ । नेपालीको आम्दानीको स्रोतसमेत कमजोर बनेको बेला पहिलोपटक व्यवसाय गर्नेहरुले केही मात्रामा आम्दानी र उत्पादन गर्ने सीप सिकेकामा खुशी देखिएको हो ।

मेहनत गरेको अवस्थामा कृषि पेशाबाट मनग्य आम्दानी हुने व्यवसायीको भनाइ छ । चमेलीदेवीले फूलखेतीका लागि बीउको अभाव रहेको गुनासो गरिन् । फूल उत्पादनका लागि बीउ नेपाली बजारमा नपाइने र पाए पनि महङ्गो मूल्यमा खरिद गर्नुपर्ने समस्या झेल्नुपरेको उनको गुनासो छ । तानसेन नगरपालिकाभित्रका १० महिला फूलखेतीमा आबद्ध छन् ।

पाल्पामा पाँच वर्षअघिसम्म फूलको मालाका लागि रुपन्देही जिल्लामै भर पर्नुपर्ने बाध्यता थियो । जिल्लाको बगनासकाली, माथागढी, रिब्दीकोट, तिनाउ गाउँपालिका, तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र व्यावसायिकरूपमा फूलखेती बढ्दो रहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए ।

फूलखेतीबाट ५० हजारदेखि १२ लाखसम्म आम्दानी भएको छ । कम मेहनत र लगानी गरेपछि फूलखेतीबाट प्रशस्त आम्दानी हुँदै आएको छ । सयपत्री फूलको थुँगा, माला, तथा बेर्ना गरी आम्दानी गर्ने सम्भावना रहेको विज्ञको भनाइ छ ।

पाल्पामा आगामी वर्ष फूलखेतीका लागि क्षेत्र विस्तार हुने प्रमुख अर्यालले बताए । ज्ञान केन्द्र पाल्पाले यस खेतीको प्रवद्र्धनका लागि प्रचारप्रसार र प्राविधिक सहयोग गर्दै आएको प्रमुख अर्यालले बताए । व्यावसायिकरूपमा फूलखेती गर्ने उन्नत जातका फूलप्रति आकर्षित भएका छन् । स्थानीयस्तरमा फूलखेती गर्नेहरु कमी छैनन् । उनीहरुले परम्परागतरूपमा दशैँतिहारका लागि मात्र फूल उत्पादन गर्दै आएको पाइन्छ । हजारी, मखमली फूलको समेत उत्पादन हुँदै आएको पाइन्छ ।

जिल्लाको तिनाउ गाउँपालिकाको मस्याम, सत्यवती, कचल, कोलडाँडा क्षेत्रबाट दशैँतिहार लक्षित गरी फूलखेती हुँदै आएको स्थानीयवासी छविलाल गहतराजले बताए । कोरोनाका कारण रोजगारी गुमाएका युवा अहिले व्यावसायिकरूपमा कृषि तथा पशुपालन र खेती आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

Previous Post

चन्द समूहको निगरानी बढाउन सेनामा निर्देशन

Next Post

कोरोना खोप लगाउनबाट कोही नागरिक वञ्चित नहुने : स्वास्थ्य मन्त्रालय

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ३०, मंगलवार ११:३५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ३०, मंगलवार ११:३५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ३०, मंगलवार ११:३५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर ३०, मंगलवार ११:३५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर ३०, मंगलवार ११:३५
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर ३०, मंगलवार ११:३५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति