काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छिन् ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
संवैधानिक परिषद्को बैठक बस्न नसक्दा लामो समयदेखि धेरै संवैधानिक आयोगहरुमा पदपूर्ति हुन सकेको छैन् । आजको लागि बोलाइएको बैठक स्थगित गरिएको छ । बैठकमा कोरम संख्या नपुगेपछि आजको लागि बोलाईएको बैठक पुनः साँझ ५ बजे बस्नेगरी स्थगित गरिएको हो । यसअघि आइतवार बैठक बोलाइएको थियो । तर आइतवारपनि गणपूरक संख्या नपुगेपछि बैठक बस्न सकेको थिएन् ।
विज्ञप्ति पढ्नुहोस्
Discussion about this post