धनुषा : धनुषाको कमला नगरपालिकामा जनता समाजवादी पार्टीका कार्यकर्ताले धर्ना दिएका छन् ।
नगरप्रमुख राम उदगार यादव बहुमतको आधारमा गरेको गैरकानुनी नगरसभाको विरोधमा जसपा कार्यकर्ताहरुले नगरपालिकाको कार्यलय अगाडी धर्ना दिएका हुन् ।
आर्थिक ०७४÷०७५ देखि हालसम्म सम्पूर्ण हिसाब र कोरोना नियन्त्रणमा भएको सम्पूर्ण खर्च सार्वजनिक गर्न र दलित, अपांगता, एकल महिला, ज्येष्ठ नागरिकको भत्ता तत्काल वितरण गर्नेलगायतका माग राख्दै विरोध गरिएको जनाइएको छ ।
नगरप्रमुख यादव नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।
Discussion about this post