MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सामसङले ल्यायो ग्यालेक्सी एम-५१ नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

मधेशटप by मधेशटप
२०७७ मंसिर ३०, मंगलवार १९:५४
0
सामसङले ल्यायो ग्यालेक्सी एम-५१ नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

काठमाडौं । नेपालको विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले हालै आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम५१ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ। शक्तिशाली एवं प्रिमियम स्मार्टफोन प्रविधिलाई आत्मसाथ गर्नुहुने ग्राहकहरुलाई अझै उपयुक्त हुनेछ ।

यसमा नेपालमै पहिलो पटक ७०००mAh को ब्याट्रीको साथ स्न्याड्रागन ७३०जी रहेको छ । यसमा ६.७ इन्चको एसएएमओएलईडी प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको छ । यसले दृश्यावलोकनको लागि जीवन्त अनुभव प्रदान गर्दछ । साथै सिङ्गल टेक फिचरको साथ सेगमेन्ट लिडिङ्ग सोनी ६४ मेगापिक्सेलको क्वाड क्यामरा रहेको छ ।

ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपाली ग्राहकहरुको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ । ग्यालेक्सी एम५१ प्रस्तुत गरेसँगै हामी फोन प्रतिको विरासतलाई अझै माथि उठाउन सक्षम भएका छौं ।

सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले भने, ‘नयाँ कुराको प्रयोग गर्न रुचाउने हाम्रा जेनजी एवं मिलेनियलहरुलाई यस मोबाइल सेटमा आफूले खोजेको हरेक सुविधा प्राप्त हुने छ । यसमा एम सिरिजमा रिडिफाइन फिचरहरु राखिएका छन् । यसमा ७०००mAh को ब्याट्री राखिएको छ । यसमा भएका सुविधा एवं विशेषताहरुले यसको क्याम्पेन लाइन ‘मिनेस्ट मन्स्टर एभर’लाई समेत पुष्टि गरेको छ ।’

शक्तिशाली स्न्यापड्रागन ७३० जीको आधार रहेको छ, जसले गर्दा सामसङ ग्यालेक्सी एम५१ फोन आफैमा रोमाञ्चकारी बन्न पुगेको छ । यसमा इन्टलिजेन्ट अन डिभाइस क्वालकम एआई इन्जिन, क्वालकम स्न्यापड्रागन इलाइट गेमिङ जस्ता सुविधाहरु तथा स्न्यापड्रागन ७३० जीको साथ एचडीआर गेमिङ, ४k एचडीआर भिडियो क्याप्चर जस्ता सुविधाले वास्तविकता प्रदान गर्दछन् भने एम५१मा सफा ग्राफिक्स तथा सिनेमा–क्वालिटी प्राप्त गर्न सकिन्छ ।

७०००mAhब्याट्री
ग्यालेक्सी एम५१ नेपालको पहिलो ७००० एमएएच ब्याट्री भएको स्मार्टफोन हो । इन्डष्ट्रि लिडिङ नवीनतम एम५१ले धेरै समय मोबाइलमा विताउने आजका युवाहरुको आवश्यकतालाई सहजै पूरा गर्नेछ । यस फोनको बक्ससँगै टाइप सी २५ वाटको चार्जर पनि उपलब्ध रहेको छ, यस चार्जरले चाडो समयमा मोबाइलको मन्स्टर ७०००mब्ज ब्याट्री मात्र २ घण्टामा चार्ज गर्ने क्षमता राख्दछ । यो फोनमा सिभर्स चार्जिङ्ग पनि उपलब्ध रहेको छ टाइप सीबाट केबलले अन द गोको अवस्थामा पनि आफ्ना जीवन्त अनुभव सेयर गर्ने सुविधा दिन्छ ।

एसएएमओएलईडी प्लसको साथ इन्फिनिटि ओ डिस्प्ले
ग्यालेक्सी एम५१ फोनमा दृश्यावलोकनको जीवन्त अनुभव प्रदान गर्न ६.७ इन्चको एसएएमओएलईडी प्लसको साथ इन्फिनिटि–ओ डिस्प्ले रहेको छ । एसएएमओएलईडीको तुलनामा एसएएमओएलईडी प्लस डिस्प्ले १३ प्रतिशत पातलो तथा १२ प्रतिशत हलुका रहेको छ । यसले ७०००mAh को ब्याट्री राख्दा पनि फोन केवल ९.५ एम एम पातलो तथा २१३ ग्राम तौलको बन्न पुगेको छ । प्यानलले अभूूतपूर्व एङ्गलमा पनि अनेकौं रंगहरु जस्ताको तस्तै देख्न सकिन्छ, यसमा पिक्चरको गुणस्तरीयता पनि उत्तिकै रहन्छ । ग्यालेक्सी एम५१को एसएएमओएलईडी प्लस डिस्प्ल ले कम पावर खपत गर्दछ ।

६४ मेगापिक्सेल क्वाड क्यामरा
ग्यालेक्सी एम५१को क्वाड क्यामरा सेटपमा, दिन र रातमा अभूतपूर्व फोटो खिच्नको लागि ६४ मेगापिक्सलको सोनी आईएमएक्स ६८२ सेन्सर रहेको छ । ग्यालेक्सी एम५१ मा १२३ डिग्रीको फिल्ड अफ भ्यु रहेको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने सुविधा प्रदान गर्दछ । त्यसैगरी, ग्यालेक्सी एम५१मा भएको ५ मेगा पिक्सलको डेडिगेटेड लेन्सले क्लोज अप फोटो खिच्दा लाइभ फोकस गर्न सकिन्छ । यसमा फोरके भिडियो रेकर्ड गर्न सकिनेछ भने हाइपर ल्याप्स, स्लोमो तथा सुपर स्टेडि मोडहरु उपलब्ध रहेका छन् ।

यस फोनको अगाडि भएको क्यामराले पनि फोरके भिडियो खिच्दछ र स्लोमो सेल्फी पनि खिच्न सकिन्छ । ग्यालेक्सी एम५१मा शक्तिशाली क्यामरा हार्डवेरको साथ विशेष सुविधाहरु जस्तै सिग्नल टेक जस्तो सुविधा पनि राखिएको छ । यसबाट क्यामराको नयाँ तहको अनुभव प्राप्त हुन्छ । सिङ्गल टेक सुविधाबाट उत्कृष्ट अवस्थालाई कैद गर्न सक्दछ र १० सेकेन्ड सम्मको फुटेज खिचेर एआईको माध्यमबाट १० फरक फरक आउट पुट प्रदान गर्दछ, जसमा ७ प्रकारको फोटो र ३ प्रकारको भिडियो रहनेछन् ।

शक्तिशाली प्रोसेसर
ग्यालेक्सी एम५१मा कम पावर खपत हुने स्न्यापड्रागन ७३०जी मोबाइल प्लाटफर्मको प्रयोग गरिएको छ, र २.२ गिगा अक्टाकोर सीपीयू सञ्चालन हुन्छ । यस अघि एम सिरिज फोनहरुमा यसको प्रयोग गरिएको थिएन ।

मेमोरि क्षमता, मूल्य तथा उपलब्धता
दुई मेमोरी क्षमता ६/१२८ जीबी तथा ८/१२८ जीबीमा उपलब्ध रहेको यो फोन सेट दुई आकर्षक रंग–इलेक्ट्रिक ब्लु तथा सेलेस्टियल ब्ल्याकमा उपलब्ध रहेको छ । ६/१२८ जीबीको मूल्य ३९ हजार नौं सय ९९ तथा ८/१२८ जीबीको मूल्य ४३ हजार नौं सय ९९ तोकिएको छ । यो फोन सामसङ ब्राण्ड सप तथा रिटेल स्टोरहरुमा यही १५ डिसेम्बर २०२० देखि उपलब्ध छ ।

Previous Post

कमला नगरपालिकामा जसपाको धर्ना

Next Post

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ मंसिर ३०, मंगलवार १९:५४
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ३०, मंगलवार १९:५४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ३०, मंगलवार १९:५४
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर ३०, मंगलवार १९:५४
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर ३०, मंगलवार १९:५४
पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन
मधेश

पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन

२०७७ मंसिर ३०, मंगलवार १९:५४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति