एजेन्सी । अमेरिकामा आज पहिलो कोरोना भाइरसविरुद्धको खोप एक नर्सले लगाएकी छन् ।खोप लगाउने नर्स न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत रहेकी छन्।

ती नर्स सान्ड्रा लिन्ड्सेले खोप लगाउन सुरु भएको कुराले अमेरिकी इतिहासकै एकदमै पीडादायी समयको अन्त्यको थालनी भएको सङ्केत गर्ने आशा व्यक्त गरेकी छन्।

अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप लगाउने बृहत् अभियान थालिएसँगै त्यहाँ कोरोनाभाइरसका कारण मृत्यु हुने सङ्ख्या तीन लाख नाघेको छ।

अधिकारीहरूले आउँदो एप्रिल महिनासम्म १० करोडजना मानिसलाई खोप लगाउने आशा व्यक्त गरेका छन्।