काठमाडौँ – मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजा जारी गरेको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
यसअघि प्रधानमन्त्री एवम् परिषद् अध्यक्ष सहित ५ जना उपस्थित हुनुपर्ने प्रावधान रहेकोमा संशोधन गरी प्रधानमन्त्रीसहित ३ जना उपस्थित भए पुग्ने प्रावधान राखिएको छ।
अध्यादेश मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरे लगत्तै प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा सम्मिलित परिषद् बैठक बसेको थियो ।
Discussion about this post