MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

भारतबाट आएन जन्ती विवाह पञ्चमीमा !

मधेशटप by मधेशटप
२०७७ पुष २, बिहीबार २१:०५
0
भारतबाट आएन जन्ती विवाह पञ्चमीमा  !

जनकपुरधाम : कोरोना भाइरसका कारण भारतबाट जनकपुरधाममा जन्ती नआएपछि यस पटक आन्तरिकै तबरबाट विवाह पञ्चमीको प्रक्रिया पूरा गरिँदैछ । जस अनुसार बिहीबार तिलकोत्सव समारोह गरिएको छ ।तिलकोत्सवमा भारतको अयोध्याबाट आउने जन्ती र जनकपुरधामका महन्थसहित पूजारी र ऋषिबीच भेटघाट र अंकमाल गर्ने गरिन्छ । अयोध्याको राम मन्दिरका महन्थ र जानकी मन्दिरका महन्थबीच अंकमाल गर्दै सम्धी मिलन गर्ने चलन छ ।तर यस पटक अयोध्याबाट जन्ती नआउँदा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र जनकपुरधामकै राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलान गरेका छन् । रामतपेश्वरले बेहुलीको र गिरीले बेहुलाको प्रतिनिधित्व गरेका छन् ।राम मन्दिरमा तिल्कोत्सव विधि गर्नुअघि जानकी मन्दिरबाट बाजागाजासहित भार लिएर एक टोली राम मन्दिर पुगेको छ । जानकी मन्दिरबाट १ सय १ वटा फलफूल तथा मिष्ठानसहितको भार लिएर जानकी मन्दिरबाट राम मन्दिर पुग्ने प्रचलन रही आएको छ ।

जन्ती नआएपनि व्यापक भिडयस पटकको विवाहपञ्चमी शनिबार परेको छ । र, सोमबारदेखि नै सप्ताहव्यापी रुपमा यो पर्व मनाउन शुरु गरिएको छ । पहिलो दिन नगर दर्शनमा भगवान रामलाई नगर घुमाउने विधि पूरा गरिएको छ ।दोस्रो दिन फूलबारी लीला अन्तर्गत रामजानकीको भेट फूलबारीमा गराइन्छ भने तेस्रो दिन धनुष यज्ञमा भगवान रामले धनुष तोडेको लीला देखाइन्छ । चौथो दिन बिहीबार तिल्कोत्सव मनाइएको छ भने शुक्रबार मटकोर विधि तथा शनिवार स्वयंवर तथा वैवाहिक कार्यक्रम निर्धारण गरिएको छ ।आइतबार रामकलेवा विधि पूरा गरेपछि यस पटकको विवाहपञ्चमी औपचारिक रुपमा समापन हुनेछ ।यस पटक विवापञ्चमीमा भारतको अयोध्याबाट जन्ती नआएपनि यो समारोहमा सर्वसाधारणको व्यापक भिड लागेको छ ।

जनकपुरधाम आसपासका साथै विभिन्न जिल्ला र सीमा बन्द भएपनि भारतीय श्रद्धालु यहाँ आएका छन् ।बिहीबार तिल्कोत्सव विधि गर्दा श्रद्धालुको ठूलो भिड लागेको थियो ।तिल्कोत्सवमा सहभागी हुन जानकी मन्दिरबाट राम मन्दिर जाने क्रममा प्रदेश सांसद, जनकपुरधाम उपमहानगरपालिकाका मेयर, उप मेयर, धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहित प्रशासनिक निकायका प्रमुखहरुले समेत सहभागिता जनाएका छन् ।यो पर्व अन्तर्गत सबैभन्दा बढी भिड विवाहपञ्चमीकै दिन हुने गर्दछ । यस पटक पनि उल्लेख्य भिड रहने अनुमान गरिएको छ ।

Previous Post

जोसुकैलाई विदेश जानबाट रोक लगाउन सक्ने कानुनको प्रस्ताव

Next Post

आज पुस ३ गते शुक्रबारको राशिफल संगै बुढानिलकण्ठको दर्शन गरौँ

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष २, बिहीबार २१:०५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष २, बिहीबार २१:०५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ पुष २, बिहीबार २१:०५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ पुष २, बिहीबार २१:०५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ पुष २, बिहीबार २१:०५
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ पुष २, बिहीबार २१:०५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति