जनकपुरधाम, पुष ३ : प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले क्लोथ वैंक धनुषालाई ५० वटा न्यानो कम्वल हस्तान्तरण गरेको छ । परोपकारको काम गर्दै आएको बैंकको जिसस धनुषा स्थित कार्यालय निरिक्षण भ्रमणका क्रममा मन्त्री साहले तत्कालै ५० वटा न्यानो कम्वल सहयोग घोषणा गरे भने संस्थागत सहयोगको समेत आश्वासन दिएका छन् ।
जाडोयाममा गरिव विपन्न र खास गरि चिसोमा पनि सडक अथवा वाहिर सुत्नु पर्ने बाध्यता रहेकाहरुका लागि बैंक जाडोयाममा कम्वल सहितका न्यानो कपडा वितरण गर्दैै आइरहेको छ भने कपडा अभाव भएकाहरुलाई कुनै पनि समय कार्यालयवाट कपडा सहयोग गर्ने गरेको छ ।
मन्त्री साहले भने, ‘क्लोथ बैंकको अभियान र कोरोना कहरमा विरामीका लागि गरेको काम प्रशंसनिय छ ।’ बैंकका अध्यक्ष राजिव झा र जिससका उपप्रमुख दिपक झा तथा बैंकको अक्सिजन व्यवस्थापन समितिका संयोजक मनोज चौधरी सहितकाले मन्त्री साहलाई स्वागत र सम्मान गरेका थिए ।
Discussion about this post