महोत्तरी : सशस्त्र प्रहरीले नेपाल-भारत सीमा पार गर्न नदिएपछि महोत्तरीका एक विरामीको मृत्यु भएको छ । शुक्रबार महोत्तरीको मनरा सिस्वा नगरपालिका-८ बस्ने ४० वर्षे रजाउल अन्सारीको ज्यान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको बिहारस्थित परिहार जान लाग्दा उनलाई धरहरबा बोर्डरमा रहेका सशस्त्र प्रहरीले रोकेका थिए । सशस्त्र प्रहरीले रोकपछि छटपटाउँदा छटपटाउँदै उनको गाडीमै मृत्यु भएको पीडित परिवारले जनाएको छ ।
आफ्नो छोराको स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्यकर्मीले उनलाई उपचारका लागि तत्कालै बाहिर लैजान सल्लाह दिएको मृतकका पिता अब्दुल रसिदले बताए । स्वस्थ्यकर्मीको सल्लाह अनुसार परिवारले विरामीलाई त्यहाँबाट नजिकै रहेको बिहारको परिहार पुर्याउने तयारी गरेको थियो । तर, सीमामा पुग्ने बित्तिकै अनेकौँ बहानाबाजी गर्दै सशस्त्र प्रहरीले घण्टौसम्म विरामीका परिवारलाई रोकेर राखेको थियो । धेरै बेरपछि छटपटिएर विरामीको मृत्यु भएको परिवारले दाबी गरेको छ ।
Discussion about this post