काठमाडौं : एकैछिन सोच्नुहोस् त – मानिस पैसा हुँदा पनि दुखी छ । नहुँदा पनि दुखि छ । सुविधा हुँदा पनि दुखि छ । सुविधा नहुँदा पनि दुखी छ । प्रविधी हुँदा पनि दुखि छ नहुँदा पनि । परिवार हुँदा पनि दुखी छ एक्लै हुँदा पनि ।

उकुसमुकुस लाग्ने माथिका भनाईले कति मानिसको प्रतिनिधित्व गर्ला ? तपाईले सहजै जवाफ दिनुहुन्छ । ‘हो त नि ! अधिकांश मानिस दुखी छन् ।’
ल तपाईको जवाफमा सहमत । तर तपाई केहिबेर असहमत हुनसक्ने दुखको कारण यहाँ हामी भन्न गइरहेका छौँ । त्यो के हो थाहा छ ?
”तपाईको दुखको कारण तपाई नै हो ।”

पक्कै पत्यार लागेन ।

तर मान्नुहोस् कि ! तपाईको आनीबानी, खानपान, बानीव्यहोरा, आदत, स्वभाव, विचारले नै तपाईलाई सुखी या त दुखी बनाउँछ । यसैले तपाईलाई आफ्नो जीवन सुखी या दुखी बनाउने अधिकार छ ।

जीवनमा चमत्कारिक सुधार, सुख ल्याउन र सफलताको शिखरमा पुग्न अपनाउनुहोस् यी शुत्र :

रातमा छिट्टै सुत्ने र बिहान सबेरै उठ्ने बानी बसाल्नुहोस् ।

ज्योतिषिय शास्त्रले भनेको छ, ‘बिहान ब्युझनेबित्तिकै मुस्कुराउँदै आफ्ना हातको हत्केला हेर्नुहोस् । यसो गर्दा सकारात्मक उर्जा र शक्ति प्राप्त हुन्छ ।’

मुस्कुराएर दिनको शुरुवात गर्नुहोस्।

दुई ग्लास मनतातो पानी पिउने गर्नुहोस्।

ध्यान योगा, संगित व्यायामलाई आफ्नो जीवनको हिस्सा बनाउनुहोस्।

बहानाबाजी गर्ने बानी आजैबाट त्याग्नुहोस्।

हरेक स – साना कुराहरु सिक्नलाई कहिल्यै अल्छी नगर्नुस् ।

ढाँट्ने, झुटको सहारा लिने, भोलीलाई काम थाँती राख्ने बानी छोड्नुहोस्।

सरसफाईमा ध्यान दिनुहोस्।

आफ्नो आहार विहार र विचार नै मेरो सम्पत्ति हो भनने ठान्नुहोस्।

अध्ययन गर्नुहोस् : नबिर्सनुहोस् – जीवनको ज्योति शिक्षाबाट मात्रै सम्भव छ । बरु अनौपचारिक र औपचारिकले खासै मतलब राख्दैन । तर बढीभन्दा बढी अध्ययन गर्नुहोस् ।

प्रयास हरेक कुरामा गर्नुहोस् तर तपाईंसँग भएको कुरामा नै खुशी हुन सिक्नुहोस्।

सिर्जनात्मक बन्नुहोस्।

प्रयास जारी राख्नुहोस्।

असल साथी चिन्नुहोस् थोरै तर महत्वपूर्ण संगतमा रहनुहोस्।

प्रविधीको प्रयोगबाट काममा सरलता मात्रै ल्याउनुहोस् । प्रविधीले तपाईलाई अल्मल्यायो भने गन्तव्य भुल्न सकिन्छ ।

सकारात्मक सोच र उर्जा सदैव कायम राख्नुहोस्।

बाहिरी सुन्दरता भन्दा भित्रि सुन्दरतामा बढी ध्यान दिनुहोस्।

आफूलाई चिन्नुहोस् । भनाईको अर्थ तपाईको मनबाट तपाईलाई के राम्रो काम गर्न मनपर्छ चिन्नुहोस् । यसर्थ आफ्नो लागि समय निकाल्नुहोस् । आफ्नो प्राथमिकतालाई बुझ्नुहोस् । आफैँसग कुरा गर्नुहोस् कहिलेकाहीँ सुखको श्वास लिनुहोस्

अरुको नोक्सान गर्ने, चित्त दुखाउने, उडाउने, खिसी गर्ने, कुरा काट्ने, कुभलो सोच्ने, हानी गर्ने, नराम्रो गरिदिने, दुख दिने, काम आजैबाट त्याग्नुहोस् ।

हरेक व्यक्तिसँग प्रेम गर्नुहोस् । प्रेमपूर्वक व्यवहार दर्साउनुहोस् । सबैलाई सम्मान गर्नुहोस् । खुशी जीवनका बाँच्नका लागि जीवनमा बेहद प्रेम जरूरी हुन्छ ।

भोकालाई भोजन वा सहयोग गर्नुहोस् । दान गर्ने बानीबाट तपाईमा कृतज्ञभाव आउँछ ।

मानिसहरुले गर्ने अर्को गल्ति के छ भने भोलीका लागि बाँच्ने । हेर्नुहोस् भविष्य कसैले देखेको छैन । तपाईं आफ्नो मनलाई नै सुन्नुहुन्न भने कसरी अगाडी बढीएला विचार गर्नुहोस् त । परिवार साथमा छ, मज्जा लिनुहोस् । भविष्यबारे सोच्नु पर्छ तर सधै पिर नगर्नुहोस् । सधैँ वर्तमानमा खुसी हुन सिक्नुहोस् ।

हरेक काम सकेसम्म आफैँ गर्न सिक्नुहोस् । अरुबाट आशा गर्न आजबाटै बन्द गर्नुहोस्

यसअघि जे गलत गर्नुभयो जे कुरा गलत हुन सक्छ जस्तो लाग्छ, नतिजा आफ्नो पोल्टामा पर्दैन जस्तो छ भनेपनि पिर नगर्नुहोस् बरु नयाँ बाटोबाट काम थालनी गर्नुहोस् । दिमागलाई धेरै दबाब नदिनुहोस् ।

काममा लगाव राख्नुहोस् ।

जहाँ नेगेटिभ माहोल छ, जहाँ नेगेटिभ कुरा गर्ने साथीहरु छन् । त्यहाँदेखि आफूलाई सधैँ टाढा राख्नुहोस् ।

‘डाउन टु अर्थ’ भएर जीवन जिउनुहोस् ।