MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

रामजानकी विवाहमहोत्सवः मैथिली परम्परानुसार स्वयंवर सम्पन्न

मधेशटप by मधेशटप
२०७७ पुष ४, शनिबार २२:२०
0
रामजानकी विवाहमहोत्सवः मैथिली परम्परानुसार स्वयंवर सम्पन्न

जनकपुरधाम : साताव्यापी रामजानकी विवाहमहोत्सवको आज मुख्य दिन जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान बाह्रबिघामा रामजानकीको स्वयंवर सम्पन्न भएको छ । राम मन्दिरबाट आएको डोलालाई जानकी मन्दिरबाट आएको सीताको डोलाले फेरा लगाएर प्रतीकात्मक रामजानकीको स्वयंवर गरिएको हो । राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट जानकीको झाँकी कीर्तन, बाजागाजासहित निस्केको डोला बाह्रबिघा मैदानमा पुगेपछि डोला फेर गरी स्वयंवर हुने गर्दछ ।

स्वयंवरमा साधुसन्तसहित सांस्कृतिक झाँकी प्रदर्शन भएको छ । कोरानाका बीच पनि हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको स्वयंवरमा सहभागिता थियो । बाह्रबिघामा स्वयंवरपश्चात् निस्केको दुवै डोला जनकपुर नगरको परिक्रमा गरी जानकी मन्दिर पुगेको छ ।

साँझदेखि जानकी मन्दिर प्राङ्गणमा बनाइएको विवाहमण्डपमा राम र जानकीको मैथिली परम्परानुसार विवाहको कार्यक्रम शुरु हुनेछ । त्यहाँ हजारौँ श्रद्धालु रातभर जाग्राम बसेर राम र जानकीको विवाह हेरेर रमाउने गर्दछन् । सो अवसरमा श्रद्धालु भक्तजन महिलापुरुषले नाचगान भजन कीर्तन गरी रातभर रमाइलो गर्ने गर्दछन् ।

यसरी मनाइन्छ विवाहपञ्चमी महोत्सव

राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्ने गर्दछ ।

सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथनन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्गशुक्ल पञ्चमी तिथिमा श्रीरामजानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख छ । सो विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने परम्परा छ । राम र जानकीको स्वयंवर भएको जनविश्वास रहिआएको उक्त स्थानमा विवाहपञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा र लावालस्करसहित जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।

हजारौँ वर्षपूर्व त्रेतायुगमा मिथिलापति शिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौँ राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दू समुदायको आस्था र विश्वासको केन्द्रका जनकपुरधाममा मुलुकका विभिन्न ठाउँलगायत छिमेकी मुलुक भारतबाट आएका लाखौँ श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।

हुन त जनकपुरधाममा हरेक महिनाको पूर्णिमाका दिन पनि मासिक रूपमा मेला लाग्छ । त्यस्तै चैत्रशुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा तथा त्यसको एक महिनापछि व्रशाखशुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवका उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ, त्यस्तै श्रावणशुक्ल तृतीयादेखि पूर्णिमासम्म झूला महोत्सव तथा फाल्गुणशुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोशी परिक्रमा (जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाललीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागुपूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो भीडभाडका साथ सम्पन्न हुन्छ । ती सबै उत्सव, चाडपर्व र समारोहमध्ये हजारौँ वर्षपूर्व मार्गशुक्ल पञ्चमी तिथिमा भएको रामजानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने रामजानकी विवाहपञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ ।

वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधुसन्तसमेतको एउटा जन्तीको डफ्फा (बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ । अयोध्याबाट आउने जन्तीलाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत एंव अभिवादन गर्ने परम्परा छ ।

यस अवसरमा दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखजनको उपस्थितिमा तिलकोत्सव ९कुरा छिन्ने काम, वाग्दान० सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्परानुसार कन्यापक्षका तर्फबाट गरिने ’मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ । यसैगरी पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल ९घरगाउँले समूह वा माइती पक्ष०द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पु¥याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ । राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरतीपूजनपछि स्वयंवर पूरा हुन्छ ।

त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पु¥याएर आरतीपूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसैरात मिथिला परम्परानुसार प्रतीकात्मक भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

Previous Post

घुसखोरी र बलात्कारका घटनाप्रती हाम्रो गम्भीर ध्यानाकर्षण : दिपक कुमार सिंह

Next Post

लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष ४, शनिबार २२:२०
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष ४, शनिबार २२:२०
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ पुष ४, शनिबार २२:२०
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ पुष ४, शनिबार २२:२०
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ पुष ४, शनिबार २२:२०
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ पुष ४, शनिबार २२:२०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति