काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा नेकपाका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड पार्टी कब्जा गर्ने र प्रधानमन्त्री हुने षडयन्त्र बुझेर यो कदम चाल्न बाध्य भएको बताएका छन् ।
आज आफू निकटका नेताहरुको बालुवाटारमा सम्पन्न भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिएपनि कब्जा गर्ने नीतिका साथ नेताहरु लागेको आरोप लगाएका छन् ।
ओलीले सरकारले राम्रा काम गर्दा पनि प्रचार गर्नुको साटो विरोध मात्रै गरेको बताएको छलफलमा सहभागी एक नेताले बताए ।
पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने तयारीको विषयमा बोल्दै ओलीले प्रश्न गरे ‘म केपी ओली हुँ । प्रचण्डभन्दा १० वर्ष पहिला पार्टीमा लागेको हुँ । तर मलाई अहिले पार्टीको साधारण सदस्यबाट हटाउने रे ?,’
उनले आफ्नै कारण जनमत आएर पार्टीले झण्डै दुइतिहाइ ल्याएको समेत दावी गरेका थिए । छलफलमा प्रधानमन्त्री आफू ६४ प्रतिशत सांसदको मत प्राप्त गरी प्रधानमन्त्री भएका कारण आफ्नो निर्णयलाई अदालतले नरोक्ने बताएका थिए ।
Discussion about this post