काठमाडौं । सारा विश्वमा अहिले कोरोना महामारीले उग्ररुप लिएको छ ।
संक्रमणका कारण हालसम्म १७ लाख १ हजार ४०४ जनाको निधन भइसकेको छ भने ७ करोड ७२ लाख ५० हजार ३१० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ५ करोड ४१ लाख ६४ हजार ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । हरेक दिनजसो विश्वमा १० देखि १२ हजारसम्मको कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ ।
यसैबीच विश्वमा कोरोना भाइरसका कारण पछिल्लो ७ दिनमा ७२ हजार मानिसको ज्यान गएको छ ।
कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु भएको छ भने, मेक्सिको, ब्राजिल, रुस, बेलायत, इटाली जस्ता देशमा कोरोनाको प्रकोप बढेको छ ।
Discussion about this post