MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कास्कीमा बालिकामाथि हिंसा बढ्यो

मधेशटप by मधेशटप
२०७७ पुष ७, मंगलवार ०७:५९
0
कास्कीमा बालिकामाथि हिंसा बढ्यो

कास्की । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्की जिल्लामा बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०२१ को पूर्व समीक्षा कार्यक्रममा जिल्लामा अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

इन्सेकको अभिलेखअनुसार सन् २०२० जनवरीदेखि हालसम्म १८ बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटनाबाट पीडित बनेका छन् । त्यस्तै तीन बालक यौन दुर्व्यवहारबाट पीडित बनेका छन् । गत वर्ष छ बालिका पीडित बनेका थिए । सन् २०२० मा आठ महिला बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटनाबाट पीडित बनेको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ ।

कास्कीमा परिवारजनबाट एक र अन्यपक्षबाट एक गरी दुई जनाको हत्या, राज्यपक्षबाट गिरफ्तार तीन र जातीय विभेदको एक घटना घटेको इन्सेकको अभिलेखमा उल्लेख छ ।
राष्ट्रिय मानवअधिकार आयोग गण्डकी निर्देशक चन्द्रकान्त चापागाईँले मानवअधिकार वर्ष पुस्तक द्वन्द्वकालीन घटनाको अनुसन्धानमा सहयोगी बनेको बताउँदै इन्सेकको अभिलेख र प्रतिवेदन निकै महत्वपूर्ण रहेको भनाइ राखे ।

गैरसरकारी संस्था महासङ्घ गण्डकी अध्यक्ष विना सिलवालले कोभिड–१९ महामारीपछि मानवअधिकार हननका घटना बढेको भन्दै यस वर्ष स्वास्थ्य अधिकारका विषयलाई प्राथमिकता दिन आग्रह गरिन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चोनु गुरुङले बालिका मात्रै नभई बालकको अधिकार विषयमा पनि बहस हुन आवश्यक रहेको बताइन् ।

शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बरालले इन्सेकले मानवअधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मानवअधिकार वर्ष पुस्तक नेपालको मानवअधिकारको यथार्थ चित्रण भएको बताए । सोच र मानसिकता परिर्वतन नभएसम्म समाज परिर्वतन नहुने उनको भनाइ थियो ।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले इन्सेकले सन् १९९२ देखि निरन्तर प्रकाशन गर्दै आइरहेको नेपाल मानवअधिकार वर्ष पुस्तक नेपालको मानवअधिकार अवस्थाको ऐना भएको भनाइ राखे । उनले पीडितलाई न्यायको पहुँचसम्म पुर्याउनका लागि मानवअधिकार वर्ष पुस्तक महत्वपूर्ण सङ्ग्रहका रूपमा रहेको बताए ।

संयुक्त राष्ट सङ्घले जारी गरेका छ वटा महासन्धि नागरिक राजनीतिक अधिकार, आर्थिक सामाजिक सांस्कृतिक अधिकार, महिला माथि हुने सबै भेदभाव उन्मुलनको महासन्धि, यातना विरुद्धको महासन्धि, बालअधिकार महासन्धि र जातीय विभेद विरुद्धको महासन्धिका आधारमा मानवअधिकार वर्ष पुस्तकमा अभिलेखीकरण गरिने उनले जानकारी दिए ।

Previous Post

नेपाल रजक सेवा समाज द्वारा जनकपुरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

Next Post

ओलीको कदमविरुद्ध तीन दलको संयुक्त प्रतिवाद

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ पुष ७, मंगलवार ०७:५९
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष ७, मंगलवार ०७:५९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष ७, मंगलवार ०७:५९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ पुष ७, मंगलवार ०७:५९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ पुष ७, मंगलवार ०७:५९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ पुष ७, मंगलवार ०७:५९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति