जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मंगलबार जनकपुरधाममा मोटरसाइकल र्याली प्रदर्शन भएको छ ।नेकपाका नेता महेश बस्नेतको अगुवाईमा भएको मोटरसाइकल र्यालीका सहभागीले ‘अघि बढ केपी बा, साथ दिन तयार छौं, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।जनकपुरधामको मुजेलिया नजिकबाट युवा संघको प्रदेश अध्यक्ष संजिव कुमार झाको नेतृत्व निकालिएको मोटरसाइकल र्याली नगरको विभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा गएर टुँगिएको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेको कदमलाई सही भन्दै उनीहरुले समर्थनमा प्रदर्शन गरेका हुन् । जनकपुरमा मंगलबार नै नेता बस्नेतले पार्टीका युवाहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।
Discussion about this post