जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–२० स्थित रहेको नोचा पोखरीको घाट तथा बन क्षेत्रको सौन्दर्यीकरण गर्न उप–महानगर लागि परेको छ । युएनडिपीको सहयोगमा पोखरीको घाट तथा बन क्षेत्र मर्मत तथा सरसफाई कार्यक्रमको अनुगमन गरिएको छ । पर्यटन बोर्ड र जनकपुरधाम उपमहानगरपालिकासँगको सम्झौताअनुसार पर्यटन क्षेत्रमा कार्यरत कमजोर आर्थिक अवस्थाका श्रमिकको जीवनयापनमा सहयोग पुग्ने हेतुले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमबाट पर्यटन मजुदरलाई केहीदिन भएपनि रोजगारी मिलेको जनाइएको छ । पोखरीको घाट र बन क्षेत्रको सौन्दर्यीकरण भएपछि नोचा पोखरी पर्यटकीय स्थलको रुपमा स्थापित हुने जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनाएको छ ।
जनकपुरधाम आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई जनकपुरधाम भन्दा बाहिर केहि छ भनेर बाहिर घुम्नकालागि यो पोखरीको विकास गर्नलागेको मेयर साहले बताएका थिए ।
Discussion about this post