काठमाडौं । कोरोना भाइरसको नयाँ स्ट्रेनले अहिले त्रास पैदा गरेको छ ।

यस विषयमा बायोएनटेक कम्पनीका सीईओ उगर साहिनले मंगलवार कोरोना भाइरसको नयाँ स्ट्रेन विशेष गरेर लण्डन र साउथ ईस्ट इंग्ल्याण्डमा पाइएको बताएका छन् । नयाँ स्ट्रेनको कोरोना भाइरस सहजै मानिसमा सर्ने भएको बताइएको छ ।

अहिलेसम्म यस ब्यारिएन्ट लण्डन र साउथ ईस्ट इंग्ल्याण्डमा पाइएको छ । यसले सारा विश्वलाई हैरान बनाएको छ । हालसम्म यसको ब्यारिएन्टको कारण संक्रमितको स्थिती गम्भीर भएको भन्ने कुरा नपाइएको बताइएको छ ।

यूरोपका धेरै देशले बेलायतसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् ।

साहिनले बेलायतमा पाइएको नयाँ स्ट्रेन पहिलेको भाइरससँग ९० प्रतिशत मेल खान्छ । त्यसैले आफ्नो भ्याक्सिनले यसमा पनि कनाम गर्ने उनले बताएका छन् ।