महोत्तरी । चिसो बढेसँगै महोत्तरी का दलित विपन्न परिवारको जनजीवन अस्तव्यस्त बनेको छ । विशेष गरी विपन्न परिवार, बालबालिका तथा बुद्ध–बृद्धाहरु चिसोका कारण समस्यामा परेका छन् । जाडोमा ओड्ने न्यानो कपडा (कम्बल, सिरक)को अभावमा उनीहरु चिसोमै सुत्न बाध्य छन् । चिसोका कारण महोत्तरी मा बसोबास गर्ने मुसहर, डुम, माझी समुदायका परिवारहरु सबभन्दा बढी प्रभावित भएका छन ।
गरिविका कारण यति बेला ओढ्ने र ओछ्याउने कपडाको अभावले दलित विपन्न परिवारलाई समस्या भइरहेको छ । रौतहट लगायत तराई क्षेत्रमा अहिले बाक्ले हुस्सुसँगै शितलहर चलिरहेको छ । जसका कारण गरिव तथा अति विपन्न परिवार र समुदायहरु अत्यन्त कष्टकरपुर्ण जिवन बिताउन बाध्य भएका छन । जिल्लाको जलेश्वर, बल्बा,मठिहानी , एकडारा ,रामगोपालपुर , सम्सी , गौशाला बर्दिबास , मनरा शिस्वा नगरपालिकामा मुसहर, डुम लगायतका दलितहरुको बसोबास रहेको छ ।
यतिबेला दलितहरुले ओढ्ने र ओछ्याउने कपडा आफुहरुलाई कसैले सहयोग गरिदिने आशमा रहेका छन तर अहिलेसम्म कुनै संघ संस्था, दातृ निकाय वा स्थानीयतहहरु कुनै किसिमको सहयोग नगर्दा विपन्न परिवारको विजोग भएको छ । अहिलेसम्म कुनै पनि स्थानीय तहले चिसोबाट बच्न दाउरा र न्यानो कपडा वितरण गर्न सकेको छैन जसका कारण सर्वसाधारणहरुलाई चिसो छल्न मुस्किल भइरहेको छ ।
Discussion about this post