MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

४२ घरधुरीलाई मात्र २ वटा शौचालय, कहाँ गए जनप्रतिनिधी ?

मधेशटप by मधेशटप
२०७७ पुष ८, बुधबार १९:१५
0
४२ घरधुरीलाई मात्र २ वटा शौचालय, कहाँ गए जनप्रतिनिधी ?

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा बस्तीमा पानी र शौचालयको अभाव हुँदा स्थानीयहरुले सास्ती भोग्दै आएका छन् । ४२ घरधुरी रहेको उक्त बस्तीमा दुई वटा पानीको धारा र दुई वटा शौचालय मात्रै रहेको छ । जसका कारण बस्तीका मानिसहरुको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ ।

बाँकको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा बस्ती भुमिहिन व्यक्तिहरुको बस्ती हो । यो बस्तीमा बस्ने सबै मानिसहरु भुमिहिन छन र उनीहरु दैनिक मजदुरी गरेर छाक टार्ने गर्छन् । यो बस्तीमा ४२ घरधुरी रहेका छन् । तर सबै घरका लागि जम्मा २ वटा शौचालय र दुईवटा पानीको धारा छन् । उनीहरुका लागि हिंडने बाटो समेत छैन् । जसले गर्दा डडुवा बासिको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ ।

शौचालय र पानीको समस्या अहिलेको होइन । यो समुदायका मानिसहरुमा आफै पानीको धारा र शौचालय बनाउने क्षमता पनि छैन् । आर्थिक रुपले विपन्न यो बस्तीको समस्या समाधानमा अहिले सम्म कुनैपनि सरकारको ध्यान जान सकेको छैन् । दिनभर काम गरेर साँझ खानुपर्ने यस वस्तीका मानिसहरुले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन भएपछि झनै समस्या बेहोर्नु परेको छ ।

डुडुवा बस्तीका मानिसहरु आफै सानो सानो झुप्रो बनाएर बसिरहेका छन् । तर आफै शौचालय र धारा निर्माण गर्न नसक्ने उनीहरुले पटकपटक समस्या समाधानका लागि नगरपालिका धाएका पनि छन् । तर नगरपालिकाले उपेक्षा गरेका कारण समस्या झेलेरै बस्न बाध्य भएको उनीहरु बताउँछन ।

सरकारले देशलाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेको छ। तर ४२ परिवारको सिङगो बस्तीका लागि मात्र दुई वटा शौचालयको भर पर्नुपर्दा समेत सम्बन्धित सरोकारवालाहरुले ध्यान नदिनु जनप्रतिनिधीहरुका लागि समेत लज्जाको विषय हो । यसतर्फ सरोकारवालाको तत्काल ध्यान जान जरुरी छ ।

Previous Post

सम्सी गाउँपालिकाकाे निर्णय कार्यवन्य नगर्न उच्च अदालतकाे अन्तरिम आदेश

Next Post

‘पल्सर स्पोर्ट्स अवार्ड’को १७ औं संस्करण पुस २८ गते

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष ८, बुधबार १९:१५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष ८, बुधबार १९:१५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ पुष ८, बुधबार १९:१५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ पुष ८, बुधबार १९:१५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ पुष ८, बुधबार १९:१५
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ पुष ८, बुधबार १९:१५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति