महोत्तरी : UNDP काे अार्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकाे सहजीकरणमा गाैशाला नगरपालिकालाई कृषि यन्त्र हस्तान्तरण गरेको छ । बिहीबार UNDP काे अार्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकाे सहजीकरणमा महाेत्तरीकाे गाैशाला नगरपालिकाका नगर प्रमुख: शिवनाथ महताे तथा उपप्रमुख: अाशा लामालाई कृषि यन्त्र हस्तान्तरण गरेको हाे । गाैशाला नगरपालिका, UNDP काे अार्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास – १ महाेत्तरीद्वारा सञ्चालित काेभिड १९ का कारण राेजगारी गुमाएका अति विपन्न परिवारहरुलाई अाय अार्जन तथा राेजगारी विकास परियोजना अन्तर्गत याे क्षेत्रका व्यवसायीक अगुवा कृषकहरूकाे लागि गहुँ तथा धान काटने १ थान रेपर (मेशिन) उपलब्ध गराएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष: नागदेव यादवले बताउनुभयो ।

रेपर (मेशिन) ले एक घण्टामा करिब दश कठ्ठासम्म काटने गर्दछ । साथै कम खर्चमा गहुँ तथा धान काटनुका सँगै समयको पनि बचत हुन्छ अध्यक्ष: यादवले बताए । यसैगरी तरकारी तथा फलफूल खेती गर्ने कृषकहरूकाे लागि गाेडमेल गर्न तथा माटो खुकुलो गर्नका लागि वेडर मेशिन (कृषि यन्त्र) चार थान उपलब्ध गराई हस्तान्तरण गरेको अध्यक्ष: यादवले बताउनुभयो । कृषकहरूकाे सरल तथा सहजताकाे लागि UNDP बाट नयाँ किसिमको प्रविधिहरु संचालन गर्न सहयोग गरेको छ । यो मेशिन १ लिटर पेट्रोलमा करिब साढे चार घण्टासम्म काम गर्ने क्षमता रहेको र यसबाट नगरपालिका प्रमुख, उपप्रमुख लगायत वडा पअध्यक्षहरुका साथै यस क्षेत्रका अगुवा किसानहरु हर्षित भएका छन् ।

भविष्यमा पनि यस्तो किसिमको कृषि यन्त्रहरु तथा नयाँ प्रविधिबाट खेती हुने प्रविधिहरु उपलब्ध गराईदिनु हुन्छ भन्ने अपेक्षा रहेको स्थानीयहरु बताए ।

गाैशाला नगरपालिका, UNDP काे अार्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास – १ महाेत्तरीद्वारा सञ्चालित काेभिड १९ का कारण राेजगारी गुमाएका अति विपन्न परिवारहरुलाई अाय अार्जन तथा राेजगारी विकास परियोजना अन्तर्गत १ करोड ३७ लाख UNDP, १ करोड २ लाख गौशाला नगरपालिका र बर्दिवासस्थित सामुदायिक विकास तथा पैरवी मञ्चको ४ लाखको लागतमा गौशाला नगरपालिकाको वडा नं. ३, ८, १० र १२ मा करिब ४ करोडको लगानीमा दलित समुदायका गरिव परिवारलाई जीविका पार्जनका लागि आर्थिक रुपमा सहयोग गर्दै आएको अध्यक्ष यादवले जनाएका छन ।