सिरहा : जनतन्त्र सहितको राज-संस्था, धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र जनतान्त्रिक शासन ब्यवस्था स्थापना लगायतका मागहरु राखी चरणबद्ध देशव्यापी आन्दोलन रत जनतान्त्रिक तराई मुक्ति मोर्चाले मंसिर २७ गते शनिबार मधेश आन्दोलनको उदगम स्थल सिरहाको लहानमा भब्य जनप्रदर्शन गरेको १५ दिन नबित्दै नेपालको वर्तमान संविधान जलाउनुको साथसाथै नारा जुलुस र कोणसभा गर्दै सम्पन्न गर्यो !

आज मिति २०७७/०९/११ गते शनिबार जनतान्त्रिक तराई मुक्ति मोर्चा र राष्ट्र बचाउ अभियान सिरहा जिल्लाको मिर्चैया नगर जनपरिचालन समिति द्वारा पुर्व घोषित कार्यक्रम अनुसार संयुक्त आयोजनामा दिउँसो ५:०० बजे गणतान्त्रिक संविधान २०७२ को खारेजी र जनतन्त्र सहितको राज-संस्था एवं हिन्दु राष्ट्र पुनःस्थापनाका नारा जुलुश सहित रामनगर चौक मिर्चैया देखि बतहा खोला हुँदै मिर्चैया थाना चोक हुदै कटारी चोक को गोलपार्कमा दिप प्रज्वलन एवं “धर्म-निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२” जलाएर एवं कोणसभा गरि विभिन्न वक्ताहरुले समसामयिक विषयवस्तु माथी आ-आफ्नो गहन मन्तव्य राखि सु-सम्पन्न भयो ।

उक्त कार्यक्रमको नेतृत्व मोर्चाका केन्द्रिय सदस्य बुलन यादव (जय मुक्ति), जिल्ला सदस्य चन्द्रशेखर साह (डब्लु जी), मिर्चैया नगर संयोजक मुन्ना यादव, जिल्ला सदस्य कृष्णदेव साह जी लगायतका ले गर्नुको साथसाथै उल्लेख नागरिकहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा लगाईएका नाराहरु :-

1) गणतन्त्र धोका हो, धोका हो धोका हो !

2) जनतन्त्र जिन्दावाद, जिन्दावाद जिन्दावाद !

3) राज संस्था जिन्दावाद, जिन्दावाद जिन्दावाद !

4) हिन्दु राष्ट्र पुनःस्थापना गरौं, पुनःस्थापना गरौं !

5) नागरिक सरकार गठन गरौं, गठन गरौं !

6) 2072 को संविधान खारेज गरौं, खारेज गरौं !

7) देश बेचुवा गणतन्त्र मुर्दावाद, मुर्दावाद मुर्दावाद !

8) धर्म-निरपेक्षता मुर्दावाद, मुर्दावाद मुर्दावाद !

9) बिदेशी दलाल सावधान, सावधान !

10) भारु डलर चल्दैन, चल्दैन चल्दैन !!

11) घर घर से आति आवाज – राज-संस्था जिन्दावाद !!

12) सम्पूर्ण देश-भक्त नेपाली एकजुट होऔँ – एकजुट होऔँ !!

13) जनतान्त्रिक तराई मुक्ति मोर्चा जिन्दावाद, जिन्दावाद जिन्दावाद !!