जयनाथ यादव / सिरहा लहान :- नेपाल कम्युनिष्ट पार्टी सिरहाले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध केपी ओली प्रतिगामी षडयन्त्र मुर्दावाद नेकपा जिन्दावाद नाराका साथ सिरहा सदरमुकाममा वृहत विरोध रयाली सम्पन्न गरेको छ । विरौध कार्यक्रमको र्यालीमा प्रतिनिधि सभाका सासंद सिरहा क्षेत्र नं.२ को सासंद सुरेश चन्द्रदास यादव, प्रदेश सासंद सिरहा क्षेत्र नं. १(क) का अशौक यादव , प्रदेश सासंद सिरहा क्षेत्र नं. ३ (क )का प्रमोद यादव ,प्रदेश सासंद रामकुमार यादव लगायत विभिन्न क्षेत्रका प्रदेश सासंद र प्रतिनिधि सभाका सासंद र जिल्लाका नेकपा नेताहरुको उपस्तिथि रहेको थियो ।

प्रदेश सासंद अशौक यादवले यो देशमा दोस्रो तानाशाह जगंवहादुरको जन्म भयो नेपाली जनताले हिजोको तानाशाहको अन्त गर्यो त्यस्तै आजको तानाशाह प्रम केपी ओलीको पतन हुने निश्चित छ । नेपाली जनता र नेकपाको संर्घषले यो प्रतिगामी लाई अन्त गर्नेछ । सिरहाको जनता जहिले पनी न्यायको पक्षमा रहन्छ त्यसैले सिरहाको जनता केपी ओलीको गलद कदम विरुद्ध घौरभर्तना गर्देछ । केपी ओलीले आफ्नौ स्वार्थको कारण यस्तो गर्यो ओलीको सल्लाकार चाटुकार विदेशीको राउ एजेन्ट संग विकेको छ । आज पनी केपी ओली भन्छु अहिले पनी बुद्धी छ भने नेकपाको एकतामा विचलन हुने काम नर्गन नेपाली जनताको संघर्ष बलिदान बाट संघिय लोकतन्त्र गनतन्त्रको स्थापना भएको नेकपा जनताको साथ छ उनले भने ।

सिरहा प्रतिनिधि सभाका सासंद सुरेश चन्द्र दास यादव ले कम्युनिष्ट पार्टी माथी जनताले विश्वाश गरेर बहुमतको सरकार बनायो विकाश समृद्धी ल्याउने लाई नाकी केपी ओली देशलाई बर्वाद गर्न प्रम सम्बोधनमा भन्यो काम गर्ने अप्ठारौ भयो चारै तिर बाट घेराबन्धी गर्यो । केपी ओली असक्षम प्रम भयो त्यस कारण ससंद विघटन गर्यो संसदको सामना नगरेर विघटन गर्यो । जनता माफ गर्ने बाला छैन जनता संग सर्वौच शाक्ति छ यही जनताले संविधान बनायो अब यही जनताले फेरी संविधान लाई स्थापित गर्छ जब सम्म ओली सरकारले राजीनामा दिदैंन तब सम्म आन्दोलन जारी रहनेछ उनले भने ।