महोत्तरी : महोत्तरीबाट सशस्त्र प्रहरीले हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढीका १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास रहेका छन् । शुत्रबार राती मनरासिस्वा नगरपालिका १० स्थित मरुवाहीमा मादक पदार्थ सेवन गरी स्थानीयसँग झगडा गरेर दशगजातिर भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्रको बोर्डर आउट पोस्ट मरुवाहीबाट खटेको घुम्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।