• जयनाथ यादव

लहान : हिजो शुक्रवार सिरहाको लहानमा बजार अनुगमन गरिएको छ। ईलाका प्रशासन कार्यालय लहानका प्रमुख प्रेम प्रसाद देवकोटाको संयोजकत्वमा, घरेलु तथा साना उधोग कार्यालय सिरहा लहानको प्रमुख दिपेन्द्र कुमार यादव प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी राजविराजका अधिकृत सुरेश कुमार सिंह उधोग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्य राष्ट्रिय उपभोक्ता मन्ञ सिरहाका अध्यक्ष रामानन्द गुप्ता,ईलाका प्रहरी कार्यालय लहानका डिएसपी सरद थापा ,शस्त्र प्रहरी वेश क्याम्प लहानका डिएसपी विनोद थापा र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरिएको छ ।

अनुगमणमा उत्पादकको नाम ठेगाना र बस्तुको ब्याच नम्बर,तौल उपभोग्य वस्तुमा उत्पादन मिति नभएको मिति समाप्त भएको डुबलिकेट अखाध कमसल उपभोगय बस्तु भुजा,दही, पाउरोटी,चिप्स खाननहुने हाईड्रौ लगायत अव्यवस्थित तरिकाले मासु विक्री वितरण गरिएको साथै बोतलमा पेट्रौल बेचिरहेको कालोबजारी गरेकोहरु लाई कार्वाही र चेतावनी समेत दिईएको छ भने समान जप्त गरेर नष्ट गरिएको घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवले जानकारी दिनुभएको छ । क्रेता र बस्तु /सेवा उत्पादक विक्रेता वर्गको लागी पसलमा साईनवोर्ड,मुल्य सुची भए नभएको हेरौं ।प्याकिङ्गमा अधिकतम खुद्रा मुल्य भए नभएको हैरौं ।

वस्तु उत्पादन गर्दा प्रयोग भएको कच्चा पदार्थ,ओषधी तथा ओषधीजन्य पदार्थहरुको प्याकिङ्गमा उपभोगय मिति र प्रयोग गर्ने तरिका उल्लेख छ छैन हैरौं उत्पादकको नाम,ठेगाना र उधोग दर्ता नम्बर खाध पदार्थ र औषधी तथा औषधिजन्य जस्ता बस्तुको निर्माणमा प्रयोग भएको तत्वहरुको मिश्रण त्यसको परिमाण र तौल । ईलेक्ट्रोनिक ,हार्डवेयर तथा यान्त्रिक समानको वारेन्टी,ग्यारेन्टी,ग्यारेन्टी मिति तथा आवश्यक विवरणहरु ।

समान खरिद गर्दा विल लिन नभुलौं। कुनै अनियमिता वा गैरकानुनी काम कारबाही भएको पाईएमा नजिकको प्रहरी वा स्थानिय प्रशासन वा निरक्षण अधिकृत वा वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग वा सम्बन्धित निकायमा खबर गरौं घरेलु तथा साना उधोग कार्यालय लहानले सार्वजानिक सुचना समेत उपभोक्ताहरुमा विषेश अनुरोध गरिएको छ ।