काठमाडौँ : आज पौष २७ गते सोमबार पृथ्वी जयन्ती / राष्ट्रिय एकता दिवस जनतान्त्रिक तराई मुक्ति मोर्चा ले श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्दै देशैभर मनायो !

यसै क्रममा सिरहामा मोर्चाका केन्द्रिय सदस्य एवं जिल्ला जनपरिचालन समिति संयोजक श्री बुलन यादव ज्युको विशेष उपस्थिति एवं संयोजकत्वमा मोर्चाका जिल्ला स्तरीय नेताहरु चन्द्रशेखर साह (डब्लु जी), मुन्ना यादव, श्रीमती मुन्दृका झा, कृष्णदेव साह लगायत हजारौं नेता, कार्याकर्ता, बुद्धिजीवीहरु, नागरिक अगुवाहरु, आम नागरिकको उल्लेख्य एवं उत्साहजनक सहभागितामा सु-सम्पन्न भयो । यसै क्रममा “धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२” जलाई आजको कार्यक्रम समापन भएको थियो ।
सम्पूर्ण सहयोद्धा सहकर्मी क्रान्तिकारी योद्धाहरुलाई बधाई एवं अभिवादन ।

साथसाथै आज काठमाडौंमा २९९औं राष्ट्रिय एकता दिवस मनाउने क्रममा दलाल, दोगला, भ्रष्ट, नैतिकपतन, देश-बेचुवा राज्य-सत्ता र तिनका भरौटे लठैतहरु बाट शान्तिपूर्ण कार्यक्रममा जुन प्रकारले ज्यादती, दमन, अत्याचार भयो त्यसको हामी धोर भत्सर्ना एवं निन्दा गर्दछौं । आज काठमाडौंमा राज्यपक्षबाट भए-गरेको अमानवीय, अलोकतान्त्रिक, गैर-राजनीतिक, मानवीय मूल्य-मान्यता बिरोधि, राष्ट्रघाती, राष्ट्रिय एकता बिरोधि कृयाकलापले यो ब्यवस्थाको आयु तोकेको भान भएको छ । सिंहदरबार कब्जा गरेर भसेका ब्वाँसा, कुकुर, बाँदर र बिदेशीका दलालहरुको झुन्ड र तिनका प्रभुहरु हामी राष्ट्रभक्त शक्तिको शक्ति देखेर आत्तिएको प्रमाणित भएको छ ।

त्यसकारण सम्पूर्ण “राष्ट्रभक्त शक्तिहरु” एकजुट भई अन्तिम एवं निर्णायक धक्का दिनका लागि गोलबन्द हुन् हार्दिक अपिल/आवहान गर्दछौं ।

भोलि २०७७/०९/२८ गते मंगलबार दिउँसो ४:०० बजे जमल स्थित होटेल एल्लो पगोडामा बृहत पत्रकार सम्मेलन हुने भएकोले सम्पूर्ण देशभक्त नागरिक एवं संचारकर्मी मित्रहरुलाई उपस्तिथिका लागि अनुरोध साथ आमन्त्रण गर्दछौं ।

जय जनता जय जनतन्त्र !!

डा. मनोज मुक्ति “विवेक”
(डा. मनोज कुमार झा)
राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय संयोजक
जनतान्त्रिक तराई मुक्ति मोर्चा

राष्ट्रिय जनतान्त्रिक गठबन्धन

राष्ट्रबचाउअभियान

राष्ट्रियनागरिकआन्दोलन२०७७

जारी मिति :- २०७७/०९/२७ गते सोमबार