काठमाडौं । काठमाडौंको कुलेश्वर केन्द्रबिन्दू भएर भूकम्प गएको छ । काठमाडौँ कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं, ललितपुर र भक्तपुरमा महशुस गरिएको थियो । भूकम्प मापन केन्द्रले यसलाई २०७२ सालमा आएको महाभूकम्पकै पराकम्प भएको जनाएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प अझै पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।