काठमाडौं । २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशमा स्वतन्त्र नेपाली नागरिक माथि भएको प्रहरी दमनविरुद्ध काठमाडौमा बृहत विरोध प्रदशर्न गरिने भएको छ ।

डा. मनोज मुक्तिको भनाई अनुसार पौष २७ गते सिंहदरबार परिसर अगाडी पृथ्वी जयन्ती मनाउने क्रममा देशभक्त , स्वतन्त्र , स्वाभिमानी नेपाली माथि मात्रै यो हमला होईन राष्ट्र निर्माता श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाह माथिको हमला हो त्यसकारण प्रहरी हस्तक्षेप एवं राज्य आतंकको पराकाष्ठा का बिरुद्ध भोलि माघ ३ गते शनिबार काठमाडौंको माइतीघर मण्डलामा विशाल विरोध प्रदर्सनको तयारी भएको हो ।

राष्ट्रिय नागरिक आन्दोलनको आयोजनामा मध्यान्न १२ बजे हुन गैरहेको विरोध प्रदशर्नमा सहभागीताका लागि सबै नेपालीमा अपिल गरिएको राष्ट्र बचाउ अभियान एवं जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं संयोजक डा.मनोज कुमार झा (डा. मनोज मुक्ति “विवेक”) ले जानकारी दिनुभएको छ । वहाँले सम्पूर्ण देशभक्त एवं राष्ट्रवादी शक्तिलाई आ-आफ्नै ब्यानरमा भएपनि व्यापक सहभागिताका लागी अपील पनि गर्नुभएको छ ! पौष २७ गते पृथ्वी जयन्ती मनाउने क्रममा भएको प्रहरी ज्यादती र धरपकडमा एक दर्जन बढी नागरिक घाइते भएका थिए ।