काठमाडौँ : २७ जनवरी १९८८ मा जन्मेकी मलिना जोशी पूर्व मिस नेपाल हुन् ।उनी सन् २०११ को मिस नेपाल प्रतियोगिताकी बिजेता हुन्।

मोडल, पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् । उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर गर्नु । मलिनाले आफ्ना तस्विरहरु सेयर गरेर चर्चा बटुलीरहेकी छिन् ।

पछिल्लो समय चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्यक्रममा पनि ब्यस्त मलिानाले इस्टामा हट तस्विर सेयर गरेकी छिन् ।

जुन उनका फ्यानले रुचाएका छन् ।


मलिना एसियन पेन्ट्स कि ब्रान्ड इन्डोरसर ,डिस होम कि ब्रान्ड सद्भावनादूत, मिस भुटान युएसए कि आधिकारिक कोरियोग्राफी, मिस नेपाल क्यालिफोर्नियाकी आधिकारिक कोरियोग्राफी, विश्व बन्यजन्तु नेपालकी पूर्व युवा संरक्षणलगायतमा उनले काम गरिसकेकी छिन् ।


सन् २०११ कि मिस नेपाल मलिना जोशी अमेरिकाको टेक्सस राज्यमा हुने छैठौं मिस नेपाल-यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा नियुक्त भएकी थिइन् ।

परिवारभित्र सान्नानी नामले परिचित मलिना जोशी बुबा माधवप्रसाद जोशी तथा आमा मीना जोशी र लक्ष्मी जोशीकी माहिली छोरी हुन्।

उनका एक दिदी र एक भाइ छन्। धरान बिपिकेआइएचएसमा जन्मिएकी जोशी जागिरे पारिवारिक पृष्ठभूमिकी हुन्।

सानैदेखि क्याटवाक गर्न मन पराउने तथा नयाँ पहिरन लगाउन रुचाउने मलिनाले एमबीए गरेकी छिन्। मलिना राम्रो कर्म र व्यवहार गरियो भने राम्रै फल पाइन्छ भन्ने सिद्धान्तकी पक्षधर हुन्।