महोत्तरी : मनरासिस्वा नगरपालिका ३ सुनौल बस्ने ३० वर्षीया कन्चन देवी महत्तोको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । महतो गएको मंसिर ८ गते आफ्नै घरमा बच्चाको गाजल दिपमा सेक्ने क्रममा आगो लाग्दा घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन मिश्रले जानकारी दिए ।