काठमाडौं । नेपालमा थप २३२ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा ३८६ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको छ ।