बारा : बाराको सदरमुकाम कलैयामा आधुनिक किसिमको मेसिन सहित पेन एन्ड पारालाईसिस क्लिनिक आज बाट सन्चालनमाआएको छ । अस्पताल रोड कलैयामा रहेको सो क्लिनिकमा सम्भवत नेपालमै नभएको अत्याधुनिक मेसिन द्वारा ईलाज हुने क्लिनिकका सन्चालक डाक्टर सन्जोग कुमारले जनाए । कुमारले आजको युगमा सबै ब्यक्तिलाई विभिन्न प्रकारको नशा सम्बन्धि रोग तथा दुखाईहरु हुनु र पारालाईसिस को समस्या सामान्य जस्तो भएको र यसको प्रभावकारी रुपमा ईलाज र काउन्सिलिङ्ग हुनु जरुरी रहेकोले आफू आफ्नो जन्मथलोको नागरिकको सेवा गर्न यो क्लिनिक खोलेको बताए । सानै देखि कलैयामा पढेर आफ्नो उच्च शिक्षा बारतको बैङ्गलोर बाट पूरा गरेका कुमार पारालाईसिस भएकाको लागि बर्दान साबित हुँदै आएका छन ।

बैङ्गलोरमा आफ्नो उज्वल भविष्य भएपनी त्यहाको जागिर लाई छोडेर वहाँ बारा सदरमुकाम कलैयालाई आफ्नो कर्मभुमी बनाएका छन । कुमार यो अगाडि बैङ्गलोरको कोलम्बिया एसिया हस्पिटलको हेड अफ डिपार्टमेन्ट,अपोलो हस्पिटलमा न्युरो फिजिओथेरापिस्ट को रुपमा काम गरि अनुभव बटुली सकेका छन । विभिन्न प्रकारका दर्द,दुखाई,नसा सम्बन्धि रोग,पारालाईसिस को सहज तरिकाले बैङ्गलोरका अनुभवी डाक्टर संजोग कुमारले आधुनिक फिजिओथेरापी मेसिन द्वारा इलाज शुरु भएपछी आफू धेरै खुशी भएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले जनाए । दासले यस प्रकारका क्लिनिक र होस्पिटल कलैया मा खुल्नु गरिब तप्काका नागरिकलाई समेत अब काठमाडौ, दिल्ली,बैङ्गलोर जस्ता महँगो शहरमा जानू पर्ने बाध्यता हट्दै समय र पैसाको समेत बचत हुने बताए ।

यस प्रकारका स्वास्थ्य छेत्रमा गरिएको लगानिलाई स्थानिय सरकार र प्रदेशले समेत सहयोग गर्दै उर्जा थप्नुपर्ने नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष प्रीयन्का दासले बताईन । आजै कलैया अस्पतालका डाक्टर रबिरोशन गुप्ताले कलैयाको लागि मात्र नभैइ यो क्लिनिक प्रदेश २ कै नमुना भएको र यसले धेरै निम्न आयका जनताले लाभ लिने बताए । कलैयामा यस्को धेरै नै जरुरी रहेको बेला अन्तरास्ट्रिय स्तरको अनुभवी डाक्टरले क्लिनिक खोल्नु सुनमा सुगन्ध थपिएको महसुस भैरहेको बताए । क्लिनिकको एक कार्यक्रमका बिच बिधिवत रुपमा पुजा आजा गरि कुमारका पिता भरत कुमार साहले उदघाटन गरेका छन ।