बारा : भारतको ७२ औ गणतन्त्र दिवसका अवसरमा नेपाल भारत मैत्री संघ बारा शाखाले आज कलैया उपमहानगरपालिका ७ रङ्गपुर स्थित मदर्शा सल्फिया कन्जुल उलुम अनाथालयका बालबालिकालाई फलफूल बितरण गरेको छ । यस्तै शाखाले कलैया अस्पतालमा जन्मेका नवजात शिशुलाई न्यानो कपडा बितरण गरेको छ । शाखाका अध्यक्ष हिरालाल साहले छिमेकी मुलुक भारतको गणतन्त्र दिवसका अवसरमा भारत सरकार तथा त्यहाका जनतालाई सुभकामना दिएका छन । साहले आफुले छायामा परेको रङ्गपुर मदर्शाको लागि यश संघ मार्फत आवस्यक सहयोग गराउन पहल गर्ने बताए ।

ओझेलमा परेको मुस्लिम समुदायका अनाथ बालबालिका लाई अध्यापन गराउने रङपुर मदर्शाका टुहुरा बालबालिकालाई एतिहासिक रुपमै कार्यक्रम गरेर पहिलो पल्ट फलफूल बितरण गर्नु आफैमा सुन्दर छण भएको समाजसेवी सुरेश मोदकले जनाए । मोदकले भारत सरकार सङ्ग धेरै पहिले देखि नै बेटि रोटि को सम्बन्ध भएको र छिमेकी भारत सरकारले नेपालको शिक्षा,स्वास्थ्य यातायात लगायतकामा धेरै सहयोग गर्दै आएको भन्दै प्रसंशा गर्दै त्यसमा निरन्तरताका लागि आग्रह गरे ।

रङ्गपुर मदर्साका अध्यक्ष अब्दुल रहमानले पहिलो पल्ट कुनै संस्था त्यसमा पनि नेपाल भारत मैत्री संघ बाराले यहाका अनाथ बालबालिकालाइ सहयोग गर्न आएकोमा संघ बारालाई धन्यवाद दिए । साथै उनले विभिन्न काल खण्डमा भारत सरकार सहयोग गरेकोमा अब पनि यश अनाथालयका लागि नेपाल भारत मैत्री संघ बाराले सहयोग गराउन अपिल गरे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रिय सदस्य अनवर आलम,विशिष्ट अतिथि कलैया उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष शैफुल्लाह मिया अन्सारी,समाजसेवी जङ्गबहादुर यादब,पवन अग्रवाल,मदर्शाका उपाध्यक्ष मन्जुर मिया,शशी केशरी,समसुलहक मिया मन्सूर,मौलाना सलाउदिन मन्सूर,भोला मिया लगायतका को उपस्थिति रहेको थियो ।