महोत्तरी । काठमाडौंको टेकुस्थित कालोपुल नजिकैबाट लागुऔषधसहित महोत्तरी एक युवकसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको स्वयम्बु बस्ने १९ वर्षीय सुशिल नेपाल, सिन्धुपाल्चोक साँगाचोक गढी घर भई सोही ठाउँ बस्ने २४ वर्षीय सन्दिप तामाङ र महोत्तरीको खैरमारा घर भई सोही ठाउँ बस्ने २४ वर्षीय निशान तामाङ रहेका छन् ।

बुधबार राति बा २ ज २०६५ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट १२३ थान नाइट्रोभेट, ३० एम्पल डाइजेपाम, ३० एम्पल फेनारगन, ३० एम्पल नुफिन, दुई बोतल कोरेक्स बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।