गाैशाला: -महाेत्तरी जिल्लाकाे नगरपालिका मध्ये गाैशाला नगरपालिका भनाईकाे दृष्टिकाेणले तेस्राे स्थानमा परेका छन तर विकासकाे दृष्टिकाेणले सब भन्दा पछाडि परेका छन। यहाँ विकास भएकाे भन्दा विनास धेरै भएका छन । खास गरी गाैशाला नगरपालिका वडा न. ५ मा रहेकाे प्रा:य नालाहरुकाे अवस्था वडाे नाजुक रहेकाेले दुर्गन्धले विरामिहरु संख्या वढन सकिने संभावना रहेकाे स्थानियहरुले बताएका छन।

यति मात्र हाेईन पानि खाने पाईप जता ततै फुटेकाे अवस्था छ यसै क्रममा वडा न.५ निगाैल चाैक जाने बाटाे व्रहमस्थान नजिक रहेका खाने पानिकाे पाईप फुटेर महीना दिन भन्दा बढि भई सकेकाे छ गाैशाला खाने पानिकाे कर्मचारीलाई फाेन गरेर जानकारी गराए पनि कुनै ध्यान नदिएकाेमा स्थानियहरुले गुनासाे गरेका छन ।ठेलामा राखेर चट्टि पट्टि बिक्रि गरेकालाई सधै पानिले दुःख दिने गरेकाे छ ।वडा न ५ का वडा अध्यक्ष धमेन्द्र साहकाे घर र वडा कार्यलाय भन्दा पाँच सय मिटर दक्षिण ,पुर्व र खाने पानि कार्यालय भन्दा लगभग एक किलाे मिटर दक्षिण रहेका छन।गाैशाला वजारकाे नाला र पानिकाे अाज बाट हाेईन वर्षाै वर्ष देखि रहेकाे समस्या हाे।

जनप्रतिनिधिहरुकाे भाषण मात्र राम्राे तर कार्य गर्ने शैलि नराम्राे भएकाेले कर्मचारीहरु पनि जनताकाे कुरा नटेर्ने भएकाे विनाेद साहले बताए ।गाैशाला न.पा. मा कर्मचारीकाे नियन्त्रणमा जनप्रतिनिधिहरु रहेकाे साहकाे भनाई थियाे ।

जुन ठाउँ नाला दस वर्ष देखि झिर्ण अवसस्थामा रहेकाे त्याे बनाउन नचाहेकाे र जुन काम चलाउ थियाे त्यसलाई ताेडमाेड गरेर काम गरिरहेकाे उनकाे भनाई थियाे ।यता म यस सम्वन्धमा बुझेर सम्वन्धि व्यक्तिलाई काम गराउने नगर प्रवक्ता भाेजवहादुर लर्लामिले जनाएका छन ।