MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

पलायन हुँदै सीमावर्ती बजारका व्यापारी

मधेशटप by मधेशटप
२०७७ माघ १७, शनिबार ०९:५३
0
पलायन हुँदै सीमावर्ती बजारका व्यापारी

बैतडी । कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापार समेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् ।

झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउँछन् । लामो समयसम्म झुलाघाटमा आफ्नो व्यापार कोरोना कहरले ठप्प भएपछि सो ठाउँबाट सरेर हाल दार्चुलाको गोकुलेश्वर पुगेको उनको भनाइ छ । उनले भने, “नाका बन्द हुँदा व्यापार चौपट भयो, हाल यतै सानोतिनो व्यापार गर्दैछु ।”

झुलाघाट बजारका व्यापारीको विगतमा भने राम्रो व्यापार चलेको थियो । सीमावर्ती बजार भएकाले भारतको पिथौरागढ जिल्लाका ग्राहक नेपाली सामान किन्न आउने गरेका थिए तर अहिले सीमानाका बन्द भएकाले व्यापारी सङ्कटमा परेका हुन् । गएको चैतदेखि सीमानाका बन्द भएसँगै भारतीय ग्राहकमा निर्भर रहेको झुलाघाट बजार पूर्णरुपमा बन्द रहेको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशी बताउँछन् । उनले भने, “नेपाली सामग्री किन्नका लागि भारतको पिथौरागढबाट समेत ग्राहक आउने गरेका थिए तर कोरोनाको महामारीले नाका बन्द भएपछि ग्राहक आउन सकेका छैनन् ।”

नाका बन्द भएपछि झुलाघाटमा ४० भन्दा बढी व्यापारीको व्यापार व्यवसाय चौपट भएको छ । चैतदेखि नै पसल बन्द गरेर घरमा बस्नुपरेको व्यापारी डम्मर जोशीले गुनासो गरे । उनले भने, “तयारी कपडा किन्नका लागि भारतीय ग्राहक आउने गर्दथे । खास गरेर हिउँदको समयमा धेरै ग्राहक आउने गर्दथे । अहिले सीमानाका बन्द भएपछि व्यवसाय पूरै खस्किएको छ ।”

सीमानाका खुला भएको समयमा नेपाली भारतीय बजारमा जाने र भारतीय नेपाली बजारमा आउने गरेका छन् तर नाका बन्द भएपछि दुवैतिरको व्यापार व्यवसाय ठप्प छ । भारतीय व्यापारीको मुख्य बजार नेपालको क्षेत्र भएकाले यो झुलाघाट बजारसमेत सुनसान बनेको भारतीय पत्रकार प्रमोद भट्ट बताउँछन् । उनले भने, “सीमावर्ती दुवै देशका व्यापारीलाई निकै समस्या रहेको छ । सीमानाका बन्द हुँदा व्यापार व्यवसाय चौपट भएको छ ।”

सीमानाका खोल्नुपर्ने माग गर्दै भारतीय व्यापारीले आन्दोलनसमेत गर्दै आएका छन् । केही दिनअघि उनीहरुले सीमा पुलमै धर्ना दिएर आन्दोलन गरेका थिए । झुलाघाट नाका खोल्ने निर्णय नेपाल सरकारले गरेको भए पनि भारतीय पक्षले शुक्रबारसम्म सहमति जनाएको छैन । नेपाल सरकारले नाका खोलेको भए पनि भारतीय पक्ष भने नाका खोल्न सहमत नरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

उनले भने, “नाका खोल्ने विषयमा हामीले नेपाल सरकारको निर्णयसहित जानकारी गराइसकेका छौँ । नेपाल सरकारले नाका खुला गरेको भए पनि यसमा भारतीय पक्ष सहमत भएको छैन ।” लामो समयदेखि नाका बन्द हुँदा सीमावर्ती बजारका व्यापारीले भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् ।

नाका नियमित खुल्ने सरकारको निर्णय

नेपाल सरकारले भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाट नाकासहित कैलालीको गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको खलङ्गा गरी चार नाका खोल्ने निर्णय गरिसकेको छ । यसअघि झुलाघाट नाकामा अत्यावश्यक काम परेकाका लागि सोमबार र शुक्रबार हप्ताको दुई दिन आवतजावत गर्न दिइएको थियो । अब भने नियमितरुपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कोरोनाको जोखिमबाट जोगिन स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाई सीमानाकामा आवतजावत गर्न दिइने भएको हो । तर भारत सरकारले भने यसअघि पनि नाका खोल्न सहमत नदेखिएकाले अझै पनि कहिले सहमत हुने भन्ने टुङ्गो नलागेको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।

उनले भने, “नेपाल सरकारले गरेको निर्णयसहित भारतीय पक्षलाई पत्राचार गर्छौं, भारतले सहमति जनाएको दिनदेखि नै नाका नियमित सञ्चालनमा आउँछ ।” नाका पुनः सञ्चालनमा आएपछि सीमावर्ती बजारको व्यापारले गति लिने उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउँछन् । उनले भने, “नाका बन्द हुँदा खस्किएको व्यापार व्यवसाय नाका नियमितरुपमा सञ्चालनमा आएपछि सहज हुने विश्वासमा छौँ ।”

Previous Post

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

Next Post

चौबीसकोठीमा ६५ फिट अग्लो झण्डा फहराइयो

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ माघ १७, शनिबार ०९:५३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ माघ १७, शनिबार ०९:५३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ माघ १७, शनिबार ०९:५३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ माघ १७, शनिबार ०९:५३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ माघ १७, शनिबार ०९:५३
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ माघ १७, शनिबार ०९:५३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति