• नरेन्द्र महताे

गाैशाला २०७७/९/१८ गाैशाला नगरपालिका वाट सहयाेग नपाएकाेमा विपन्न परिवार विचलितमा माघ महीना अाउनु वित्तिकै चिसाे बढेकाे कारण सब भन्दा बढि वाल वालिका तथा वृद्वहरुलाई समस्या परेकाे महाेत्तरी जिल्लाका गाैशाला नगरपालिका वडा न.५ विनाेद साहले जनाएका छन।देशमा तिन तहकाे सरकार रहे पनि गरीव तथा वृद्व वृद्वाहरुकाे लागि सेवा गर्ने काेई नभएकाे उनकाे भनाई थियाे।सिंहदरवारकाे अधिकार स्थानिय तहमा नअाएर प्रतिनिधिहरुकाे घर घरमा अाएकाे अनुभुति भईरहेकाे छ ।

यति चिसाे भए पनि चिसाे बाट बाँचने उपाय नगरपालिकाले नगरेकाेमा साहले अाक्राेस पाेख्नु भयाे। जंगलकाे धनि देश भए पनि जनप्रतिनिधिहरु जनता प्रति उत्तरदायि नभएकाे कारण गाैशाला नगरपालिकाका जनताहरु दुःख पाईरहेकाे छ।वजारकाे कुनै ठाउँमा दाउराकाे व्यवस्था नगरेकाे कारण वजारका व्यपारीहरु चिसाेका कारण कठिनाई भाेगनु परेका व्यापारीहरुले गुनासाे गरेका छन । गाैशाला नगरपालिकाका वडा वडाहरु पनि सब भन्दा वढि गरीव र विपन्न जातिका वालवालिका तथा वृद्वाहरुले चिसाेकाे कारण रात भरी जागेर बस्नु परेकाे भरतपुर,मैन टाेला ,फुलकाहा ,विर्ता तथा वडा न८ वेलगाछिका मुृसहर जातिहरुले दुःख व्यक्त गर्दै वताएका छन ।

दाउरा काे कुरा नगर्नु पेट भर्ने समस्या पनि त्यतिकै छ ।चिसाे बढेकाे कारण कुनै धनिकाे खेतमा काम गर्न पनि नसकिने भएकाेले दु:ख पाउनु परेकाे छ ।नगरपालिका बाट अहिले सम्म कुनै मद्त नपाएकाेले निराश भएर भगवानकाे नाम जपिदै दिन रात काटि विचलितमा रहेकाे छु ।

नगरपालिकाकाे कुराे छाेडनु वडामा रहेकाे वडा अध्यक्षहरुले पनि हेर्न नअाएकाेमा वडाे दु:ख लागेकाे छ ।जसलाई वहुमुल्य मत दिएर जिताएकाे व्यक्ति पनि नअाएकाेले अव देखि भडाेसा काे माथि गर्ने उनिहरुले प्रति प्रश्नन गरे? यता समवन्धि निकायले काम गरि रहेकाे जनाईएकाे छ।