• जयनाथ यादव

सिरहाको मिर्चैया नगरपालिकाको छैठौ हिउँदै नगर सभा २०७७ सम्पन भएको छ । मिर्चैयाकै होटल होलिडेको सभा हलमा बिहिवार भव्य र सव्य रुपमा कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमको अध्यक्षता मिर्चैया नगरपालिकाको नगर प्रमुख मेयर श्रवन कुमार यादवले दिप प्रज्वलन गरेर कार्यक्रम उद्धघाटन गरेको थियो । भने बिषष्टि अतिथि मिर्चैया नगरकै उप प्रमुख जिबछी देवी साह थियो ।

कार्यक्रमा प्रमुख ,वडा अध्यक्ष ,कार्यपालिका सदस्य , वडा सदस्य र नगरपालिकाका विभिन्न शाखा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले आफ्नौ विचार राखदै गरिएको कामको समिक्षा आगामी दिनमा नगर लाई नमुना बनाउन निती सल्लाह सुझाव दिदैँ शुभकामना मन्तव्य राखैको थियो । फोटो पत्रकार महासंघ प्रदेश नं.२ का कोषाध्यक्ष गणेश प्रसाद साहले विकाशमा विवाद भईरहेको छ विवाद भएर केही काम हुदैन यसलाई छलफल बाट समाधान गर्नुपर्छ विकाशका कामहरु अगाडी बढाउनुपर्छ जनप्रतिनिधिहरु ले आफ्नै वडा गाउँमा स्थानिय स्तरमा पक्ष वा वीपक्ष सबै राजनितिक दल सर्वसधारण लाई भेला गरेर गर्दा विकास राम्रो हुन्छ ‌। ‘उनले भने’ जनता विकाश चाहन्छ विकाश नगरेपछी जनप्रतिनिधिहरु लाई जनताले पछाडीको सिटमा राखदिन्छ ।

सभाका अध्यक्ष नगर प्रमुख श्रवन कुमार यादवले म जनताको सेवक हु मेरो मालिक जनता हो ।जनता लाई विकास गरेर देखाउन काम गर्नु काम नगर्ने कामचोरहरु चाहे कर्मचारी हो जनप्रतिनिधि वा म स्वयंम किनन हो त्यो समयमा कार्ववाही बाट पछाडि हटनेवाला छैन । राम्रौ काम गर्नु तृष्ट बाट नडराउन विकाश गर्नु विकाश विरोधी लाई मुख तोड़ जवाब दिनु कसैको गुलामी गर्नु पर्देन आफ्नौ काम प्रती जिम्मेवार बन्नु । तपाईहरु हेर्नु र बुझनु भएकै होला कोरोना संकट मा कति गा.पा/ना.पा को जनप्रतिनिधिहरुले आफ्नौ जिम्मेबारी बाट पन्छिने फ्रंट लाई छोडदियो तर मिर्चैया नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारी मित्रहरुले संकटमा फ्रंट लाईमा रहि काम गरेको छ गरेको छु ।

शिक्षा ,स्वास्थय र कृषीको पहिलाको अवस्था जर्जर थियो हाल पहिलाको अनुपातमा धेरै सुधार भएको छ । संघर्ष छलफल र पारदर्शिता बाट पछाडी हटने व्यक्ति संकटमा पर्छ । मिर्चैया नगरपालिकाले अहिले सम्म परिस्थिति अनुसार भएको आफ्नौ स्रोत साधनले काम अगाडी बडाएको छ । नगरपालिका र जनताको विकाशको लागी चुनौती सँग लड़ने तयार छु आगामी दिनमा नगरलाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता गर्दै उनले कार्यक्रम समापन गरिएको थियो ।