• जयनाथ यादव

लहान : सिरहाको गोलबजार नगरपालिका वडा नं.६मा सड़क र नाला नबनेपछी स्थानिय सास्ती खेप्न बाध्य भएको छ । गोलबाजार नगरपालिका वडा न. ६को वडा कार्यलयमा स्थानिय तल्चा लगाउदा प्रहरीले तल्चा लगाउन नदिदाँ स्थानिय आक्रौसित भएको छ ।

स्थानियले हाम्रो घर अगाडी हिलामय सडक र नाला गन्दा फोहर छ लुगा उठाएर जान्नु पर्छ बच्चाहरुको लुगा फोहर हुन्छ ३ बर्ष देखी भन्दै छौ ।आज आउँछु भोली केही चासो राखैको छैन यता बाट उता मात्र गराउँछ । मेयर देवनाथ साह र वडा अध्यक्ष बसन्त लामा ले बहाना मात्र गर्छ । आज हामी दिक्क भएर वडा कार्यलयमा तल्चा लगाउन आएको छु ।हाम्रो फसैला नभएसम्म हामी वडा कार्यालयमा तल्चा लगाएर छौड छौं ।