जनकपुरधाम : तासीधामलाई ‘सडन डेथ’मा पराजित गर्दै विभागीय टिम नेपाल एपीएफ क्लब मेयर गोल्डकप प्रतियोगिता २०७७ को सेमिफाइनलमा प्रवेश गरेको छ।

सितापुरको सिद्दपुरस्थित श्री मा.बि को खेलमैदानमा आज सम्पन्न दोस्रो क्वाटरफाइनलमा एपीएफले ‘सडन डेथ’मा ७-६ गोलको अन्तरले विजयी बनेको हो।

त्यसअघि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो। खेलमा उमेस राईले गोल गर्दै ५१अौं मिनेटमा सातासीधामलाई अग्रता दिलाएका थिए।

तर ६१अौं मिनेटमा नवी लामाको गोलमार्फत एपीएफ खेलमा फर्किएको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपीएफका नवि लामा म्यान अफ दि म्याच चुनिए।

अब एपीएफले फाइनल प्रवेशका लागि माघ २२ गते विजयी युथ र बागमती युथ बिचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

विजयी र बागमती बिचको खेल यही माघ २० गते रहेको छ।