• जयनाथ यादव

लहान : प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहा सदरमुकामस्थित शहिद स्वर्गिय हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेका छन् । १७ औं स्मृति दिवसको अवसरमा कडा सुरक्षाबीच उनले शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण गर्न पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नेकपाका विधार्थी नेताहरुले कालो झण्डा र नाराबाजी गरेका थिए । नाराबाजी गर्ने विधार्थी नेताहरुलाई सुरक्षाकर्मीले पक्राउ गरिएका थिए ।

पक्राउ पर्नेमा नेकपा युवा सँघ सिरहाका संयोजक राजेश यादव (राज), सं–संयोजक आशान्नद यादव ,अनेरास्वियुका विधार्थी नेता भोला यादव , अरविन्द यादव,पुजन सिहं, अनिल परियार,रविन्द्र साह,यादव लगायत लाई कार्यक्रम समयसम्म सुरक्षाकर्मीले नियन्त्रमा लिएको थिए । १७ औ स्मृति दिवस कार्यक्रम सम्पन्नपछि करिव ७ वजे जिल्ला प्रहरी कार्यालय सिरहाले रिहा गरिएको छ ।