चितवन : आज माघ २० गते संयुक्त एम्बुलेन्स चालक संघको स्थापना दिवस तथा तेश्रो वार्षिक सधारण सभा भव्यताका साथ चितवनमा सप्पन्न भएको छ। आज भएको सो कार्यक्रममा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ केन्द्रीय कार्य समिति स्थापना दिवस तथा तेश्रो वार्षिक सधारण सभाको अवसरमा चितवनको भरतपुरमा मनाएको हो।

संयुक्त एम्बुलेन्स चालक संघ नेपालको राष्ट्रिय अध्यक्ष नवराज लामिछाने ज्यू को अध्यक्षता भएको सो कार्यक्रममा पुर्व गृहमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्य तथा भरतपुर उप माहानागारपालिका की मेयर रेणु दाहाल ज्यूको प्रमुख आतिथ्य एव देशको विभिन्न ठाउँबाट आएका एम्बुलेन्स चालक संचालकहरुको उपस्थितिमा कार्यक्रम भएको हो। देशभरका सम्पूर्ण एम्बुलेन्स चालक मजदुरहरु एक जुट हौंउ भन्ने नाराका साथ कार्यक्रम सप्पन्न भएको छ।साथै सयुक्त एम्बुलेन्स संघका चालकहरु बिभिन्न ६० जिल्ला बाट उपस्तिती भएको थियो ।