• जयनाथ यादव

लहान :- सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्भ साह सँग गरीएको कुराकानी


स्थानिय तह गठन भएपछिका बर्षमा गाउँपालिकामा के-के काम गर्नु भयो ?


राजमार्ग भन्दा १० कि.मी दक्षिण हुलाकी सड़क भन्दा ५ कि.मी उतर बिचको भेगमा पर्छ । लक्ष्मिपुर पतारी गाउँपालिका यो भेग पहिला देखीनै पिछिडिएको अवस्था थियो। हामीले शुरुवात देखी बाटो घाटोको लागी काम गर्नुपरेको । शिक्षा स्वास्थय क्षेत्रमा कार्यविधि भौतिक पुर्वाधार सुधार भएको छ । गाउँपालिकाको आफ्नौ भवन नभएको ठाउँमा भवन निमार्ण भयो ।वडा कार्यलयहरु निमार्ण भयो । पतारी पोखरीको लगभग ९ फिट माटो निकालेर पुर्ण रुपमा जिरनदार बनाए । दोस्रो बर्षमा पोखरीको दुईटा डिलमा पिसिसि ढलान गरे ।
यसपाली गा.पा को २ करोड़ बजेट छुटयाएको छ पोखरी को चारै तर्फ स्टेप बाल दिने तयारी छ ।ठाउँठाउँ वडाहरुमा सामुदायिक भवन निर्माण वडा नं. ५ मा सितापुरमा आट कोठाको भवन बनाएका छौ स्कुललाई दिने तरखरमा छौँ । अझै धेरै काम भएको छ ।
अहिले सम्मको काम गराईबाट कति सन्तुष्ट हुनुहुन्छ ?


सन्तुष्ट भएको छु मात्र संङघीय सरकार बाट आएको बजेटको काम उपभोक्ता समितिले गरेको काममा मनमा असन्तुष्टी छ तर यता हामीले गरेको काम सबै ठोस छ ।
तीन बर्षमा बजेट खर्च अनुसारको उपलब्धी हासिल भयो ?


भएको छ गाउँपालिका भरी मिलाएर ८० प्रतिशत भन्दा बढी काम भएको छ ।
वितेका तीन बर्षमा के कस्ता चुनौती भोग्नुभयो ?


गत बर्ष नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी मिलेर गाउँपालिकाको कार्यालय माथी हमला तोडभोड गर्यो गाउँसभा माथी मुद्धा हालयो । अहिले गाउँपालिकाले मुद्धा जितेर कार्यालय संचालन राम्रो छ ।
स्थानिय तह,प्रदेश तथा सङघ बिच काम गराईमा के कस्तो समन्वय रहयो ?

प्रदेश सरकार को अनुभुती गरेका छैनौं प्रदेश सरकार बाट बजेटनै आएको छैन पहल धेरै पटक गरे अब थाक्की सके पतारी पोखरी भित्र मन्दिर निमार्णको लागी अर्थ मन्त्री विजय कुमार यादव सँग शिल्यानास गराए तर अहिले सम्म कुनै बजेट आएन मन्त्री ज्यु बाटो विर्सिनु भयो । मलाई लाग्छ यो गा.पा प्रदेश नं.२ मा पर्दैन ।
कोराना रोकथाममा गाउँपालिका बाट के कस्ता काम भए ?


गाउँपालिका भित्रमा रहेको ६ वटै वडामा प्रत्येक जनतालाई पुग्नै गरी माक्स ,साबुन,सेनेटाईजर र खाध्यान वितरण गरेको थिए साथै चौक चोराहामा पनि राखैको थिए । सरसफाईको करिब १ महिना गाड़ी राखैर माइकिंग प्रचार प्रसार गराए ।१र ६ नं.वडामा दुईटा क्वाईरेन्टाईन को व्यवस्था क्वाईरेन्टाईन भित्र बस्नेहरुको खाना पिन सबै खर्च गाउँपालिकाले व्यहोरेको छ ।
अब कार्यकाल बाकीँ रहेको दुई बर्षभित्रमा के के काम हुनेछन?


अबको काम सड़क निमार्णमा गाउँपालिका भरी ठोस सड़क बनाउने अर्को बर्ष खानेपानी र कृषी विद्युतीकरण तर्फ बजेट लगाउने किसानको समस्या समाधानको लागी हुनेछन ‌।
जनताले स्थानिय सरकारबाट आशा गरेको अनुभुति गरे कि गरेननन?

काम गरेर जनतालाई स्थानिय सरकारको अनुभुति गराएका छौं । स्थानिय सरकारको जो काम हो काम देखाएर ।
विकाश सहकार्यमा राजनितिक दल लगायतसँग समन्वय गर्नुभएको छ ?

स्थानिय जनता सर्वसधारण राजनितिक दल लगायत सँग विकास सहकार्यमा समन्वय गरेको छ ।