महोत्तरी : बर्दिवासमा आगलगी हुँदा करिब १० लाख मुल्य बराबरको क्षति भएको छ । सोमबार वर्दिवास नगरपालिका ८ हाथिलेट मा गोपाल गुर्मछानेको घरमा अचानक विद्युत सर्ट भई भएको आगलागीमा घर जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

आगलगीबाट २ तले घरको माथिल्लो भागमा रहेको कोठा पुर्ण रुपमा जलेको छ । आगलगीमा परि लालपुर्जा, नागरिकता, नगद लताकपडा लगायतका सरसमाग्री जलेर नष्ट भएको हो । आगोलाई बर्दिवास र गौशालाबाट गएको वारुणयन्त्रले समयमा नै नियन्त्रणमा लिएकोले अधिक क्षति हुन नसकेको प्रहरीले जनाएको छ ।