जनकपुरधाम : जनकपुरधामकी एसिड पीडित आरती साहलाई प्रदेश सरकारले जागिर दिने भएको छ।

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले साहलाई आउँदो आर्थिक वर्षको साउन १ गते देखि आफ्नो कार्यालयमा कार्यालय सहायकको रुपमा नियुक्ति दिने सहमति गरेका छन्।

मुख्यन्यायाधिवक्ता झाले आरतीलाई आगामी आर्थिक वर्षमा जागिर दिने र न्याय पनि पाउने बताए। उनले आरतीको मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको र अन्तिम अवस्थामा रहेको जानकारी दिए।

गत कात्र्तिक १९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए।

यस घटनामा जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको छ।