- जयनाथ यादब
लहान : स्थानिय सरकार भएपछी नागरिकले सोचेको थियो अब शिक्षामा परिर्वतन हुन्छ शिक्षकले मनमानी गरेपछी वडामै सरकार सुधार गर्छ तर यि छौडे सरकार बेकार भएपछी अभिभावक चिन्तित बनेको छ । पैशा भएकोले बजार तीर पढ्न पठाउँ छ पैशा नभएकोले आफ्नै गाउँठाउँमा राम्रो शिक्षा पढ़ाई छ भने किनजाने प्र अ र वडा अध्यक्षको व्यवस्थापन प्रति अभिभावकको आशा र विश्वाश रहन्छ तर सम्बन्धित व्यक्तीको गैरजिम्मेबारीपनको सिकार बिधार्थी भएपछी अभिभावक सास्ती खैप्न बाध्य छ । सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. १ स्थित १२ जना शिक्षकले १० कक्षा सम्म संचलान रहेको श्री मा.वि विधालय प्रिप्रा प्र.ध विधालयमा २९ गते विहिबार पुग्दा विना सरकारी विदा न प्र अ , शिक्षक यती सम्म कार्यलय सहयोगी समेत दिएन ।अफिस खुलेकै थियो तर कोई स्टाप विधालयमा उपस्थिति देखिएन ।
लगभग ६ सय जना विधार्थी अध्यनरत विधालयको प्रधानाध्यापक र वडा अध्यक्षको लापरबाही र मनमानीले गर्दा विधार्थीको जिवन अन्धकारतिर जादैँ गरेको छ । स्थानियका अनुसार विधालय को प्र. अले आफ्नै मनमानी जती खैर मन लाग्छ स्कुल छुटी दिने विना विदाको स्कुल बन्द गर्ने गर्छ दुई दिन देखी स्कुल बन्द छ ।गाउँमा मेला लागदाँ किन स्कुल बन्द हुनुपर्ने । विधालय खुलेपछी पढ़ने विधार्थी आउछनी । बसेरे सरकारी तलब मात्र खाने प्र. अ. र शिक्षक विधार्थीको भविष्य सँग खैलवार गर्दैछ प्र. अ को लापर्वाहीले भबिष्य कता तिर जान्छ अनुमान गर्न सकिन्छ । वडा कार्यालय र स्कुल एक ठाउँमा हुदाँ आशा भरोसा थियो ।
विधालयलाई वडा अध्यक्ष हेरचाह गर्छ तर सोचे जस्तो भएन ।आफ्नौ जिम्मेवारी नबुझने वडा अध्यक्षको गैरजिम्मेबारीले विद्यालय को अवस्था अस्तबेस्त बनेको ‘उनले भने’ । विधालयको प्रधानाध्यापक विनोद कुमार ठाकुर लाई बारम्बार फोन गर्दा फोन उठाएन । वडा अध्यक्ष मणिकलाल यादवले हामीलाई विधालय बन्द सम्बन्धि केही जानकारी छैन ।मेरो जिम्मेबारी मात्र हो गाउँपालिकामा जानु म भिल्डमा रहन्छु ‘उनले भने ‘।
आफ्नौ जिम्मेबारी नबुझने वडा अध्यक्ष एकै ठाउँमा विधालय र वडा कार्यालय सिसि क्यमारा समेत जडान भएको । दुई दिन देखी स्कुल बन्द रहेको वडा अध्यक्ष फिल्डमा रहन्छ । कुन फिल्डमा वडा कार्यलय अगाडी विधालयको अवस्था जर्जर देखैर पनी नदेखैको जस्तो गर्ने आफ्नौ अभिव्यक्तिले गैरजिम्मेबारी प्रष्ट देखिन्छ । यता गाउँपालिका शिक्षा शाखा प्रमुख रामबालक पासवानले विधालय बन्द रहेको हामीलाई कुनै किसिमको जानकारी छैन । विना विदा विधालय बन्द हुन प्र.अको लापरवाही हो । हामी स्पष्टीकरणको लागी प्र.अ लाई बोलाउँ छौं बताए ।
जयनाथ यादव
Discussion about this post