MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

खेतीयोग्य जमिनको सिंचाईमा वृद्धि

मधेशटप by मधेशटप
२०७७ फाल्गुन ५, बुधबार १७:५६
0
किसानको दु:ख कस्ट समाधान गर्न संघीय सरकारसँग मन्त्री साहको आग्रह

जनकपुरधाम : प्रदेश २ मा खेतीयोग्य जमिनमा सिंचाईको क्षेत्रफलमा वृद्धि भएको छ।

प्रदेश २ मा ५ हजार ४ सय ३० हेक्टर खेतीयोग्य जमिनमा सिंचाई वृद्धि भएको हो। 

प्रदेशको कृषि उत्पादन र उत्पादकत्व बढाएर किसानको जीवनस्तर उकास्न प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘हर खेत मे पानी, हर घर मे रोजगारी’ (हरेक खेतमा पानी, हरेक घरमा रोजगारी) कार्यक्रम अन्तर्गत यहाँको खेतीयोग्य जमिनमा सिंचाई वृद्धि गरेका हुन्।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले खेतीयोग्य जमिनमा सिंचाई सुविधा वृद्धि गर्न २ सय ४० वटा डीप ट्युबवेल र ३३ वटा पावरड्रिल निर्माण गरेको बताए। यस्तै १ सय ६५ वटा नहर मर्मत सम्भार गरी संचालनमा ल्याइएको छ।

प्रत्येक जिल्लामा २ वटा क्लस्टर सिंचाई अन्तर्गत पावर ड्रिल ट्यूबवेल निर्माण गरी प्रदेशका करिब १ हजार ६ सय हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा प्रदान गर्ने कार्यको थालनी समेत गरिएको उनले जनाए। यसैगरी करिब १ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन नदी कटान र डुबानबाट संरक्षण गरिएको र २० वटा जोखिमयुक्त बस्ती संरक्षण गरिएको छ।

प्रदेश सरकार सिंचाई व्यवस्थापनको अल्पकालिन र दीर्घकालिन योजना बनाएको छ। दिर्घकालिन योजना अन्तर्गत कोशी कमला डाइभर्सन निर्माण गर्नु रहेको छ, डाइभर्सन निर्माणको काम प्राथमिकतामा राख्दै काम अगाडि बढाएको छ भने अल्पकालिन योजना अन्तर्गत डिप ट्युबवेल, स्यालो ट्युबवेल र पावरड्रिल निर्माण गर्नु रहेको छ।

कोशी–कमला डाइभर्सन निर्माण हुन सयम लाग्ने हुँदा अल्पकालिन योजना अन्तरर्गत डिप ट्युबवेल, स्यालो ट्युबवेल र पावरड्रिल निर्माण गरेर सिंचाई सुविधा उपलब्ध गराइएको मन्त्री साहले जनाए।

प्रदेश २ का ८९ प्रतिशत जनता कृषिमा निर्भर रहेको भएपनि  प्रदेश २ मा २७ प्रतिशत कृषि क्षेत्रमा मात्र सिचाई सुविधा पुगेको छ। ‘प्रदेशको सम्पूर्ण खेतीयोग्य जमिनमा सिंचाई सुविधा पु-याउने लक्ष्य  रहेकाे मन्त्री साहले बताए। सवै खेतमा पानी नपुगेसम्म उत्पादन नबढने र उत्पादन नबढेसम्म रोजगारी सिर्जना नहुने भएकोले नै प्रदेश सरकारले ‘हर खेत मे पानी हर घरमे रोजगारी’ कार्यक्रम अन्तर्गत सिचाईको योजना ल्याइरहेको मन्त्री भनाइृ छ।

न्यून सिँचाइ सुबिधाका बाबजुद प्रदेश नं. २ ले ४०१.९०६ हेक्टरमा धान उत्पादन गरेको छ। यो सबै प्रदेशले उत्पादन गरेको धानको भन्दा धेरै हो।

मुलुकमा नै रहेका उर्भर भूमिलाई पूर्णसिञ्चित बनाउन सकियो भने कुनै पनि युवालाई खाडी मुलुकमा पसिना बगाउनुपर्ने बाध्यता रहँदैन। प्रदेश समृद्धिको बाटोमा लम्किरहेको छ। राज्यले वाषिर्क ५ लाख युवालाई रोजगारी दिने घोषणा गरेको छ। तर उचित रोजगारी सिर्जना हुन नसकिरहेको अवस्था छ। ‘यस्तो अवस्थामा सरकारले कृषि रोजगारीलाई बढावा दिन सक्छ। अन्य सिपको अभाव भए पनि कृषि जनशक्तिले भरेको मुलुकले कृषि रोजगारी सिर्जना गर्नुको विकल्प छैन’- मन्त्री साहले भने।

सिंचाईमा वृद्धि भएपछि प्रदेशमा अन्नबाली र तरकारी बाली उत्पादनमा वृद्धि हुनेछ। प्रदेश नं. २ ले यस वर्ष एक लाख पाँच हजार ४४ टन धान उत्पादन गरेको थियो।

Previous Post

महोत्तरीमा सरस्वतीको मूर्ति विसर्जन गर्न गएको ट्याक्टरले किच्दा बालकको मृत्यु, चालक पनि बालक कै

Next Post

प्रदेश २ सरकारद्वारा महत्वकांक्षी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको समुदघाटन

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ फाल्गुन ५, बुधबार १७:५६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ फाल्गुन ५, बुधबार १७:५६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ फाल्गुन ५, बुधबार १७:५६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ फाल्गुन ५, बुधबार १७:५६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ फाल्गुन ५, बुधबार १७:५६
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ फाल्गुन ५, बुधबार १७:५६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति