जनकपुरधाम : जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियान, राष्ट्रिय नागरिक आन्दोलन २०७७ तथा राष्ट्रिय जनतान्त्रिक गठबन्धनका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) उच्च-स्तरीय राजनीतिक भेटघाटका लागि आज भारत प्रस्थान गर्नुभएको बुझिएको छ, नितान्त पारिवारिक एवं ब्यक्तिगत भ्रमण भनिए पनि हाल देशको अवस्था र राज-संस्था पुनःस्थापनाका लागि देशैभरी सडकमा देखिएको जन-लहर र त्यसको नेतृत्वकर्ताको अचानक भारत भ्रमणलाई सहजै सामान्य मान्न सकिन्न, ठुलै खिचडी पाकिरहेको सहजै बुझन सकिन्छ ।

वहाँ मनोज मुक्तिको भारत सरकार र त्यहाँका राजनीतिक दलहरुमा राम्रै सम्पर्क र पहुँछ रहेको छ, वहाँलाई पटक-पटक नेपाल सम्बन्धि विषयहरुमा पहिला पनि भारतका राजनीतिक दल र त्यहाँका सरकारले बोलाउँदै आएको छ तर यसपालिको भ्रमण एकदमै गोप्य र अत्यन्तै विशेष रहेको बुझिन्छ, वहाँका पार्टीका केन्द्रीय सदस्य तथा मनोज मुक्तिको एकदमै निकटतम मानिएका दिपक कुमार सिंह र बुलन यादव लाई सम्पर्क गरि भ्रमण बारे बुझ्न खोज्दा वहाँहरुले एकदमै कुटनीतिक शैलीमा एक वाक्यमा जवाफ दिनु भयो “यो अध्यक्ष ज्युको नितान्त ब्यक्तिगत एवं पारिवारिक भेटघाट हो, त्यसकैलागि भारत प्रस्थान गर्नुभएको छ, अब राजनीतिक प्राणी र उच्च राजनीतिक ब्याक्तित्व भएको कारण तथा वहाँको भारतमा उच्च तहका ब्यक्तिहरु सित ब्यक्तिगत र पारिवारिक सम्बन्ध भएकोले केही उच्च स्तरीय भेटघाट पनि हुनसक्छ तर त्यो हामीलाई आधिकारिक रुपले थाहा भएन, त्यसका लागि एक-दुई दिन पर्खिनै पर्ने हुन्छ ।”