काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गरिदिएको छ ।

दुुई महिना लामो बहसपछि आज (मंगलवार) सर्वोच्च अदालतले आज संसद विघटनलाई बदर गरिदिएको हो ।

संसद पुनर्स्थापना गर्ने निर्णय सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएका छन् ।