• जयनाथ यादव

लहान : सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव सँग गरिएको कुराकानी

स्थानिय तह गठन भएपछिका बर्षमा गाउँपालिकामा के-के काम गर्नु भयो ?

चुनाव पंछी ०७४/०७५ मा सड़क पुर्वाधार लाई हर्दा त्यती खेर एक वडा बाट अर्को वडामा जाने आवस्था दिएन । कृषी विद्युतिकरण ५ देखी १० प्रतिशत विद्युतिकरण भएको दिएन। गाउँ टोलमा समेत विद्युतिकरण भएको दिएन । १ नं. वडा मौवाही कटैया मुसहरी टोलमा जादाँ अन्धयारोमा जिवन काटदै थियो । घरवती बालने अवस्था दिएन हामीले विद्युतिकरण गरेर समस्या समाधान गरे । गाउँपालिकामा रहेको दलित बस्तीमा लगभग घरवतीको समस्मा समाधान गरेका छौँ।
कृषी विद्युतिकरण लाई विषेश प्राथमिकता साथ किसानका समस्या लाई मध्यनजर राखेर कृषी विद्युतिकरण ८० प्रतिशत काम सकायौं ।
सड़क पुर्वाधार निर्माणमा १० किलो मिटर पक्की सड़क विच आर सिसि ढलान नमुना सडकको रुपमा टराईल गरेका छौं । त्यो पनी गाउँ एरियामा गाउँ एरिया लाई कसरी बजार जस्तो बनाउने सोचका साथ टराईल गर्यो सफल पनी भयो । त्यसलाई निरन्त्रता साथ अगाडी बढाएका छौँ ।
सखुवान्नकारकट्टी गाउँपालिका १ ,३ नवराजपुर ,बरियारपट्टी र लक्ष्मिपुर पतारी गाउँपालिका भारत सिमा सम्मै जोड़ने सड़क लाई बिचमा कटनिया नदीले अप्ठायारो पुरयाएको थियो । त्याहाँ ४ करोड़ ९२ लाख रुपैयाको लागतमा पाईल फोन्डेसन पुल बनायो ।ग्राभेल गर्न काम कृषी सड़क निर्माण काम प्रत्येक गाउँटोल बस्ती लाई पुर्वाधार सँग जोड़ने कयौँ निर्माण सम्पन्न गरेका छौं ।केही काम बाँकी रहेको छुटेको कामहरुलाई आगामी दिनमा अगाडी बढाउने छौं ।
शिक्षाको क्षेत्रमा गाउँपालिकामा ४ वटा मा.बि विधालय र १६ वटा अधारभुत विधालय छन् । ती विधालयहरु लाई पुर्वाधार युक्त शिक्षा प्रदान गर्ने हिसाबले गुणस्तर शिक्षाको सन्दर्भमा चिन्तन गरिएका छौं ।
अन्तर विद्यालय शिक्षण अवधारणा ल्याएका छौं । अन्तर विधालय शिक्षण भनेको के हो ? एउटा विद्यालय बाट अर्को विद्यालयमा पठनपाठनको निम्ती सरहरु प्रत्येक महिनाको २६ गते जान्नुहुन्छ । त्यसतै विधार्थीहरुको हकमा अतिरिक्त क्रियाकलाप हाजिरी जवाव प्रतियोगिता व्यक्तिवकाला र शिक्षकको हकमा पनी अतिरिक्त क्रियाकलाप आयोजन गर्दै आएका छौं ।
कक्षा कोठामा विधार्थीहरु गर्मीमा चिसो पानी चाडोमा तातो पानी अवधारणा ल्याएर कक्षा कोठामा एकटिभ डिसपेन्सर राखेर मा.बी हकमा पुर्ण रुपमा फिल्टरको पानी विधार्थीहरु लाई खुवाउने वातावरण मिलाएका छौं ।शिक्षा क्षेत्रमा १ नं. वडामा नमुना मावी प्रथाविक धारहरु ३ वटा संचालनमा छ बाझाङ्ग बाजुरा बाट आएर विधार्थीहरु पढदैँछ।
स्वास्थ्यको क्षेत्रमा गाउँपालिकामा दुई वटा बरथिङ्ग सेन्टर संचालनमा छन् । १ वटा हामी आउनु भन्दा पहिला मौवाहीमा थियो । अहिले १ वटा महेशवारी हेल्थ पोष्टलाई बनाएको छौँ ।कोभिड १९ अस्पाल निमार्ण गरका छौँ । अर्को यो आर्थिक बर्षमा २ नं. वडामा बर्थिङ्ग सेन्टर पलानिङ्ग साथ अगाडी बढदैछौं ।
कृषी तथा पशुपालन क्षेत्रमा घरमा गएर भक्सिनेसनको काम गर्दछौं । पशूका विज्ञ संग समन्वय सहकार्य गर्दै फिल्डमा के छ समस्या पशुपालनमा कसरी किसान लाग्छ उत्साहित हुन्छ भनेर ति किसानहरु लाई प्रोत्साहन गर्ने लागी ८ औं गाउँसभाबाट अनुदान र पुरुसकारका पैकेज ल्याएका छौँ ।यो आर्थिक बर्षमा गाउँपालिकामा पर्यटक कसरी भित्रयाउने भनेर महेशवारी वडा नं.५ मा थलहा सिमसार पोखरी छ । त्यसलाई महेशवारी टुरिजम सिम पार्कको रुपमा टेन्डर सम्पन्न भयो केही दिनमा काम शुरु हुने अवस्थामा छ ।यी गाउँपालिका कसरी समृद्ध बनाउने चिन्तन साथ यहाँका जनप्रतिनिधि ,कर्मचारी र जनता सम्पुर्ण लागेर काम गर्दैछौं ।
अहिले सम्मको काम गराईबाट कति सन्तुष्ट हुनुहुन्छ ?
सखुवान्नकारकट्टी गाउँपालिकामा दलित बस्तीको अधिकाशं जनसंख्या भएकोले चाहेजतीको काम गर्न वास्तवमा सकेका छैन । मिर्जापुर सदाय बसतीमा ११० घर पोर्ताहा १०० हराहरामी छ डोम बस्ती समेत छ । ती समुदायमा जादा जुन हिसाबले हाम्रो उपस्थिति हुनुपर्ने त्यसमा कमी महेशुस गरेका छौं । हाम्रो बजेटको अकार र काम गराईको अकार हर्दा गर्भ साथ भन्न चान्हछु ।
हामीले ठोस पुर्वाधार निमार्ण त्यती काम प्राथमिकता साथ अगाडी बढाएको अरु स्थानिय तह कल्पना गर्छ हामी समपन्न गरेका छौं ।
तीन बर्षमा बजेट खर्चअनुसार को उपलब्धी हासिल भयों ?
तीन बर्ष कार्यकाल पुरा भएर चौथौं बर्ष प्रवेश गरेको छु । जुन पलानिङ्गको हिसाबले काम गर्नुपर्ने हो काम पनी गरेका छौं तर गत आर्थिक बर्ष कोभिड १९ चपेटामा पर्यो सडकका धेरै ठोस योजनाहरु संचालन हुन सकेन १ करोड़ ३४ लाख रुपैया कोरोनामा खर्च भयो त्यसैले गर्दा अपेक्षा अनुसार काम गर्न सकेन ।
वितेका तीन बर्षमा के कस्ता चुनौती भोग्नुभयो ?
काम गर्दै जादाँ चुनौती बाधाहरु आईराख्छ किनभने कुनै बस्तीमा जानु अहिले १०,१२ फिट सड़क मात्र रहन्छ । पक्की सड़क बनाउने योजना बजेट विनियोजन गर्छौ । १८ देखी २० फिट बनाउनुपर्ने हुन्छ त्यहाँ चुनौती बाधा अड़चन आउँछ । त्यसलाई अहिले सम्म गरेको काम को अनुभवले देखेको चुनौतीहरु लाई समना गर्दै समन्वय सहकार्य गर्दै विकाश निमार्णका निम्ति ठोस पुर्वाधार
योजनाहरु अहिले सम्म सम्पुर्ण सफल भएको छ ।
स्थानिय तह , प्रदेश तथा सघिंय बिच काम गराईमा के कस्तो समन्वय रहयो ?
गाउँपालिकामा अहिले पनी प्रदेश र संघ सरकार लाई बुझाएको फाईल डिपिआर छ । बारम्बार सहकार्य गरे अश्वासन मात्र दिन्छ तर अहिले सम्म सरकारहरु बाट केही जानकारी आपको छैन । कुन मोडालिटीमा काम गर्दै छ सरकारहरु के नियतले सरकारका निकायहरु संग सोध्नुपर्ने हुन्छ । मिडिया मार्फत जानकारी गराउन चाहान्छु ।
विकास सहकार्यमा राजनितिक दल लगायत सँग समन्वय गर्नु भएको छ ?
सखुवान्नकारकट्टी गाउँपालिकामा आज सम्म जति विकाश निमार्णका कामहरु सम्पन्न गर्यो । प्रत्येक आर्थिक बर्षमा सम्पुर्ण राजनीतिक दल जनता सँग समन्वय सहकार्य मिटिङ्ग बैठक बोलाएर योजना अनुगमन गराउने बिषय बस्तुको सम्पुर्ण जानकारी गर्ने जनताले दिएको सल्लाहसुझाव सोही पलानिङ्ग अनुसार अगाडी बढेको ‘उनले’ भनेको छ।